२१ बैशाख, २०८१ शुक्रबार

06:01:07 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रीलंका र डेनमार्कको राजदूतमा मिश्र र रायको नाम अनुमोदन

Nepal Business

१० जेठ, २०७९

सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको

श्रीलंका र डेनमार्कको राजदूतमा मिश्र र रायको नाम अनुमोदन

काठमाण्डौं । संसदीय सुनुवाई समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको नाम अनुमोदन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा मंगलबार बसेको बैठकले श्रीलंकाका लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कका लागि प्रस्तावित राजदूत रामस्वार्थ रायको नाम सर्वसम्मतले अनुमोदन गर्ने निर्णय गरेको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।

समितिले सरकारले सिफारिस गरेको २० जना प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने क्रममा दुई जनामाथि भने गम्भीर प्रकृतिको उजुरी आएको भन्दै अध्ययन समिति बनाएको थियो ।

उजुरी अध्ययन गर्ने क्रममा कुनै औचित्य नदेखिएपछि मिश्र र रायको नाम अनुमोदन गरिएको सभापति कर्णले बताउनुभयो । यसअघि समितिले बिभिन्न देशका लागि प्रस्तावित १८ राजदूतहरुको नाम अनुमोदन गरिसकेको छ ।