८ मंसिर, २०८१ शनिबार

07:02:48 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुरमा तीन वडाको मत गन्नु अगावै रेनुको विजयी सुनिश्चित

Nepal Business

९ जेठ, २०७९

उहाँ अहिले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ११ हजार ३८९ मतले अगाडि हुनुहुन्छ । त्यसैले उहाँको जित सुनिश्चित भएको हो ।

भरतपुरमा तीन वडाको मत गन्नु अगावै रेनुको विजयी सुनिश्चित

चितवन,
चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको विजयी सुनिश्चित भएको छ ।

दाहालले ४६ हजार ९३५ मत ल्याउँदा सुवेदीले ३५ हजार ५४६ मत पाउनुभएको छ । उपप्रमुखमा पनि नेपाली काँग्रेसका चित्रसेन अधिकारीको फराकिलो मतसहित जित निश्चित भइसकेको छ ।

सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल दोस्रो पटक भरतपुर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिनुभएको थियो । 

भरतपुर महानगरपालिकामा अब तीन वटा वडा (२७, २८ र २९) को मत गणना गर्न बाँकी छ । ती वडामा १० हजार ३२४ मत खसेको छ ।