८ मंसिर, २०८१ शनिबार

06:48:47 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

काठमाडौँमा बालेनको लौरोमा ४६ हजार ४३४ मत

Nepal Business

९ जेठ, २०७९

अहिले १३, १४, १५, १६, १९, २०, २१, र २२ को मतगणना जारी रहेको र अब केहीबेरमा १८ नम्बर वडाको पनि गणना गर्न लागिएको छ ।

काठमाडौँमा बालेनको लौरोमा ४६ हजार ४३४ मत

काठमाडौँ,

स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत काठमाडौँ महानगरपालिकामा जारी मतगणनाको साँझ ६ः१५ बजेसम्मको अपडेट अनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले ४६ हजार ४३४ मत प्राप्त गर्नुभएको छ ।

उहाँ चुनाव चिह्न लौरो लिएर मैदानमा उत्रनुभएको थियो ।

प्राप्त विवरण अनुसार वडा नं १ देखि १२ सम्म तथा २३, २४, २५,२६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको पनि गणना सकिएको छ ।

उहाँलाई फराकिलो मतान्तरले पछ्याउँदै सत्ता गठबन्धनका उम्मेदवार काँग्रेसकी सिर्जना सिंहले २७ हजार ७५८ मत प्राप्त गर्नुभएको छ ।

नेकपा एमालेका उम्मेदवार केशव स्थापितले २६ हजार ७७३ मत प्राप्त गर्नु भएको छ ।  यस्तै राप्रपाका मदनदास श्रेष्ठले ४ हजार १५० मत ल्याउनुभएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका शाखा अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार अहिलेसम्म कुल १ लाख ३४ हजार ३५६ मत गणना भइसकेको छ ।

काठमाडौँमा एक लाख ९० हजार मत खसेको छ । बदरमत झण्डै ५ हजार पुगेको छ । 

प्राप्त विवरण अनुसार वडा नं १ देखि १२ सम्म तथा २३, २४, २५,२६, २७, २८, २९, ३०, ३१ र ३२ वडाको पनि गणना सकिएको छ ।

अहिले १३, १४, १५, १६, १९, २०, २१, र २२ को मतगणना जारी रहेको र अब केहीबेरमा १८ नम्बर वडाको पनि गणना गर्न लागिएको छ । 

 उपप्रमुखमा सुनिता डंगोलले फराकिलो मतान्तर बनाउँदै ४८ हजार ५१७ मत ल्याउनुभएको छ ।