८ मंसिर, २०८१ शनिबार

06:35:03 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

१६ लाखभन्दा बढि भ्रष्टाचार गरेको आरोपमा ४ जना विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

९ जेठ, २०७९

डिलरशिपको शर्त उल्लघंन गरी प्रचलित कानूनद्वारा निषेधित तवरबाट व्यवसाय गरेको कसुरमा १६ लाख ३५ हजार रुपैयाँ बिगो सहित मुद्दा दायर

१६ लाखभन्दा बढि भ्रष्टाचार गरेको आरोपमा ४ जना विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । 

आयोगले तत्कालीन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कन्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजाल, धानजोन संचालक समितिका संयोजक, इन्जिनियर र प्रा.लि. संचालकसमेत  ४ जना उपर गैरकानूनी लाभ तथा हानी पु¥याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालत काठमाण्डौंमा मुद्दा दायर गरेको हो । 

आयोगमा कञ्चनपुर भिमदत्त नगरपालिका वडा नं. २, १९ र कृष्णपुर नगरपालिका वडा नं. ६ मा आर्थिक बर्ष २०७३÷०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कष्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले किसानहरुसँग छलफल नै नगरी आफूखुसी कृषि सामग्री खरिद गरी आर्थिक अनियमितता गरेको भन्ने उजुरी परेको थियो । 

कुनै व्यक्तिले आफू वा अरु कुनै व्यक्तिलाई गैरकानुनी लाभ पु¥याउने बदनियतले नेपाल सरकार वा सार्वजनिक संस्थासमक्ष गरेको डिलरशिपको शर्त उल्लघंन गरी प्रचलित कानूनद्वारा निषेधित तवरबाट व्यवसाय गरेको कसुरमा १६ लाख ३५ हजार रुपैयाँ बिगो सहित मुद्दा दायर गरिएको हो ।