८ मंसिर, २०८१ शनिबार

06:39:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भ्रष्टाचार गरेको आरोपमा वन उपभोक्ता समुहका अध्यक्ष बस्नेत विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

Nepal Business

९ जेठ, २०७९

आयोगले हिनामिना तथा हानिनोक्सानी भएको दुई लाख ५५ हजार बस्नेतबाट असुलउपर गरी पाउने समेतको मागदाबी लिई सोमबार विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर

 भ्रष्टाचार गरेको आरोपमा वन उपभोक्ता समुहका अध्यक्ष बस्नेत विरुद्ध मुद्दा दायर (पूर्णपाठसहित)

काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जाजरकोटको छेडागाड नगरपालिका वडा नं. १ स्थित कोटिला सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिप बहादुर बस्नेतविरुद्ध उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा आयोगले मुद्दा दायर गरेको छ । 

आयोगले हिनामिना तथा हानिनोक्सानी भएको दुई लाख ५५ हजार बस्नेतबाट असुलउपर गरी पाउने समेतको मागदाबी लिई सोमबार विशेष अदालत काठमाण्डौंमा आरोपपत्र दायर गरेको हो । 

समूहको घुम्तिकोषबाट दिइएको ऋण रकम, कुलो तथा घोरेटो बाटो निर्माण रकम लगायत आर्थि वर्ष २०७२÷०७३ देखि २०७४÷०७५ सम्म विभिन्न शीर्षकमा वन समूहको रकम हिनामिना गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

सो निवेदन सम्बन्धमा अनुसन्धान हुँदा बस्नेतले घुम्तिकोष अन्तर्गत ऋण प्रवाह भएको रकम नगदै बुझी समूहको अभिलेखमा दाखिला नगरेको पाईएको आयोगको जनाएको छ । 

आयोगका अनुसार अध्यक्ष बस्नेतले समूहको नाममा रहेको बैंक खातामा समेत जम्मा नगरी दुई लाख ५५ हजार हिनामिना गरेको आयोगले जनाएको छ।