८ मंसिर, २०८१ शनिबार
07:15:41 AM
९ जेठ, २०७९
मन्त्रिपरिषदको बैठकले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
काठकाण्डौं । सरकारले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र कार्कीले जेठ ६ गते बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको जानकारी दिनु भएको हो ।
मन्त्री कार्कीले भन्नुभयो, मन्त्रिपरिषदको बैठकले स्विजरल्यान्डबाट प्राप्त हुने ८६ करोड १३ लाख नेपाली रुपैयाँ अनुदान रकम स्वीकार गर्ने निर्णय गरेको छ ।
जुन वैदेशिक रोजगारीबाट फर्केकाहरुको पुनः एकीकरण आयोजनाका लागि खर्च हुने बताइएको छ ।