१९ बैशाख, २०८१ बुधबार

07:12:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन खुला

Nepal Business

९ जेठ, २०७९

चौलागाईं र आचार्यको कार्यकाल आगामी जेठ १८ मा ५ वर्ष पुग्दै

नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन खुला

काठमाण्डौं । सञ्चार मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणमा रिक्त हुने दुई सदस्य नियुक्त गर्न आवेदन खुला गरेको छ। मन्त्रालयले प्राविधिक र लेखा तथा लेखापरीक्षण तर्फका पदमा छुट्टाछुट्टै आवेदन मागेको हो । 

मान्यता प्राप्त शैक्षिक संस्थाबाट कम्तिमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा सात वर्षको अनुभव प्राप्त गरेको हुनुपर्ने मापदण्ड छ। मन्त्रालयले दरखास्त पेस गर्ने अन्तिम दिनसम्म ३० वर्ष पूरा भएर ६५ वर्ष ननाघेको हुनुपर्ने सर्त राखिएको छ। 

सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा राजपत्रांकित प्रथम श्रेणी, १० औँ तह वा सोभन्दा माथिल्लो पदमा सात वर्षको अवधि काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्ने सर्त तोकिएको मन्त्रालयले जानकारी दिएको छ।  जेठ २५ गते भित्र इच्छुक उम्मेदवारहरुले आवेदन पेस गरिसक्नुपर्ने छ। 

सरकारले प्राधिकरणको बोर्ड सदस्य नियुक्त गर्न सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो। 

चैत १४ गते बसेको मन्त्रिपरिषद् बैठकले सिफारिस समिति गठन गर्ने निर्णय गरेको थियो। प्राधिकरणका सदस्यहरु चुडामणि चौलागाईं र टेकनाथ आचार्यको कार्यकाल जेठमा सकिँदै छ।

सरकारले चौलागाईं र आचार्यलाई २०७४ जेठ १९ मा प्राधिकरणको संचालक समिति सदस्यमा नियुक्त गरेको थियो। दुवै सदस्यको कार्यकाल आगामी जेठ १८ मा ५ वर्ष पुग्दैछ।