२० माघ, २०८१ आइतबार
03:53:29 PM
९ जेठ, २०७९
नेपालमा लगानी ल्याउने तर नेपालीले बाहिर लगानी गर्न नपाउने व्यवस्था राम्रो होइन
काठमाडौँ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विदेशी लगानीलाई निजी क्षेत्रले बाधक नभएर साधकका रुपमा लिनुपर्ने बताउनुभएको छ । नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले विदेशी लगानीले पुँजीसँगै प्रविधि, व्यवस्थापकीय सीप, उत्कृष्ट कार्यशैली आउने भएकाले स्वदेशी लगानीकर्ता र उत्पादनका लागि पनि लाभदायक हुन बताउनुभयो ।
यसैबीच गभर्नर अधिकारीले बैदेशिक लगानीको रुपमा राम्रा पैसालाई मात्र ल्याउनुपर्ने बताउनुभएको छ । उहाँले खराब पैसाले नेपाललाई फाइदा नगर्ने भन्दै राम्रो पैसा मात्रै ल्याउनुपर्ने बताउनुभएको हो । अधिकारीले नेपालमा लगानी ल्याउने तर नेपालीले बाहिर लगानी गर्न नपाउने व्यवस्था राम्रो नभएको पनि बताउनुभएको छ ।
अन्य मुलुकमा लगानी गर्न प्रतिबन्ध लगाउने कुरा आजको युगमा लाज लाग्ने कुरा भएको भन्दै उहाँले नेपालीले पनि बाहिरी मुलुमा लगानी गर्न पाउनुपर्ने व्यवस्था हुनुपर्ने जनाउनुभएको हो । उहाँले भन्नुभएको छ, “आजको युगमा लैजान नपाउने भन्ने पनि हुन्छ चाँडै यो बिषय खुलाउनु पर्छ ।“