१७ बैशाख, २०८१ सोमबार

09:16:47 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतका विभिन्न राज्यले घटायो पेट्रोल र डिजेलको कर

Nepal Business

९ जेठ, २०७९

वित्तमन्त्री निर्मला सीतारमणले नयाँ दरहरू सोमबार राति (आज राति) १२ बजेदेखि लागू

भारतका विभिन्न राज्यले घटायो  पेट्रोल र डिजेलको कर

एजेन्सी। भारतका विभिन्न राज्यले पेट्रोल र डिजेलमा भ्याट घटाउन थालेका छन् । भारतको केन्द्र सरकारले अन्तःशुल्क घटाएपछि विभिन्न राज्यहरूले करमा छुट दिन थालेका हुन् । 

कर छुट दिने राज्यमा केरला र राजस्थान र महाराष्ट्रले रहेका छन् । केरला र राजस्थानले यस अघि नै छुट दिए पनि महाराष्ट्र पनि छुट दिएको हो । महाराष्ट्रले पेट्रोलमा २.०८ रुपैयाँ र डिजेलमा १.४४ रुपैयाँ भ्याट घटाएको छ। 

राजस्थान सरकारले पनि पेट्रोलमा प्रतिलिटर २.४८ रुपैयाँ र डिजेलमा १.१६ रुपैयाँ प्रतिलिटर भ्याट घटाएको छ। अर्कोतर्फ अटो उद्योगको संस्था सियामले सिएनजीको मूल्य घटाउन सरकारसँग माग गरेको छ ।

केन्द्र सरकारले पेट्रोलमा ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ (भारु) अन्तःशुल्क घटाउने निर्णय गरेको छ । यसबाट पेट्रोल ९ रुपैयाँ ५० पैसा (भारु) र डिजेल प्रतिलिटर ७ रुपैयाँ (भारु) सस्तो हुनेछ ।

वित्तमन्त्री निर्मला सीतारमणले नयाँ दरहरू सोमबार राति (आज राति) १२ बजेदेखि लागू हुनेछन् । नयाँ दरपछि दिल्लीमा पेट्रोलको भाउ १०५.४१ रुपैयाँ (भारु)को सट्टा ९५.९१, र डिजेल ९६.६७ सट्टा ८९.६७ रुपैयाँ (भारु) हुनेछ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनतालाई मुद्रास्फीतिबाट राहत दिन राज्यहरूलाई अन्तःशुल्क घटाउन सल्लाह दिनुभएको थियो । 

हाल सरकारले पेट्रोलमा २७ रुपैयाँ ९० पैसा (भारु) र डिजेलमा २१ रुपैयाँ ८० रुपैयाँ (भारु) अन्तःशुल्क लिइरहेको छ । यो कटौतीपछि पेट्रोलमा १९ रुपैयाँ ९० पैसा (भारु) र डिजेलमा १५ रुपैयाँ ८० रुपैयाँ (भारु) अन्तःशुल्क लाग्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।