२० माघ, २०८१ आइतबार

03:29:15 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी, रेनु नै अगाडि

Nepal Business

८ जेठ, २०७९

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिनुभएको छ

भरतपुर महानगरमा ३१ हजार मत गन्न बाँकी, रेनु नै अगाडि

भरतपुर,

भरतपुर महानगरपालिकामा ३१ हजार ५२८ मतगणना गर्न बाँकी रहेको छ । 

हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

हालसम्म यस पालिकामा ९६ हजार ३११ मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार महानगरको १ देखि २० नम्बरसम्मको गणना सकिएको छ ।

अहिलेसम्मको गणनाअनुसार महानगरपालिकाको प्रमुख पदमा पाँच दलीय गठबन्धनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बन्नुभएकी  रेनु दाहालले आठ हजार २९५ मतले अग्रता लिनुभएको छ ।

दाहालले ३७ हजार ९२८ मत प्राप्त गर्दा नेकपा एमालेका विजय सुवेदीले २९ हजार ६३३ मत प्राप्त गर्नुभयो । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले १२ हजार ४६३ मत प्राप्त गर्नुभएको छ ।  

उपप्रमुखमा गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारीले राप्रपाकी हिमला गुरुङलाई १६ हजार ६७८ मत अन्तरले अग्रता लिनुभएको छ ।

अधिकारीले ४० हजार १२१ मत प्राप्त गर्दा गुरुङले २३ हजार ४४३ मत प्राप्त गर्नुभएको छ । भरतपुर महानगरमा हाल वडा नम्बर २१ र २२ को मतगणना जारी रहेको छ । 

यस पालिकामा २९ वटा वडा रहेका छन् । स्थानीय तह निर्वाचन २०७९ मा यहाँ एक लाख २७ हजार ८३९ मत खसेको थियो ।