२० माघ, २०८१ आइतबार

03:36:26 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखराको प्रमुखमा गठबन्धनका आचार्य तीन हजार ४३७ मतले अगाडि

Nepal Business

८ जेठ, २०७९

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ

पोखराको प्रमुखमा गठबन्धनका आचार्य तीन हजार ४३७ मतले अगाडि

पोखरा, 

स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनबाट प्रमुखका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले आफ्नो अग्रतालाई निरन्तरता दिनुभएको छ । 

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा आज साँझ ८ बजेसम्म एक लाख १२ हजार ५८० मतगणनामा प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४३७ मतले अघि हुनुहुन्छ । 

वैशाख ३० गतेको निर्वाचनमा पोखरामा एक लाख ४३ हजार २२६ मत खसेकामा एक लाख १२ हजार ५८० मतगणनामा प्रमुखका उम्मेदवार आचार्य तीन हजार ४३७ मतले अघि हुनुहुन्छ । 

आचार्यले हालसम्म ४५ हजार २७ मत प्राप्त गर्नुभएकामा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा९एमाले०का कृष्णबहादुर थापाको ४१ ह्जार ५९० मत रहेको छ । मतगणनाको सुरुआतदेखि नै अग्रता बनाउनुभएका आचार्यले मतगणना अन्तिम चरणमा पुग्दासम्म आफ्नो अग्रता कायमै राख्न सफल हुनुभयो । 

यसैगरी महानगरको उपप्रमुखमा भने नेकपा एमालेका उम्मेदवार मञ्जुदेवी गुरुङको अग्रता छ । गुरुङले ४७ हजार ३२४ मत प्राप्त गरी अग्रता बनाउँदा उहाँका निकटतम प्रत्याशी गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कोपिला रानाभाटको ४४ हजार ९६४ मत रहेको छ । उपप्रमुखमा गुरुङ दुई हजार ३६० मतले अघि हुनुहुन्छ ।

पोखरामा हालसम्म २३ वडाको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । महानगरका ३३ वडामध्येमा हालसम्म नेपाली कांग्रेसले १६ वडामा जीत हासिल गरेको छ । नेकपा एमालेले सात वडा जितेको छ । 

अहिले वडा नं ११, १७, १८, १९, २१, २२, ३०, ३१, ३२ र ३३ नं वडाको मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सोमबार रातिसम्म पोखराको सबै वडाको मतपरिणाम सार्वजनिक हुने जनाएको छ ।