८ मंसिर, २०८१ शनिबार

09:04:58 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कुर्सीमात्र जोगाउने स्थिरताले संरचनागत विकास असम्भव भयो : स्वर्णिम वाग्ले

Nepal Business

८ जेठ, २०७९

कुर्सीमात्र जोगाउने स्थिरताले संरचनागत विकास असम्भव भयो : स्वर्णिम वाग्ले

काठमाण्डौ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष स्वर्णिम वाग्लेले नेताहरुको प्रतिवद्धता, भाषण भन्दा पनि विकास र समृद्धिका लागि पद्धती र प्रणालीगत सुधार आवश्यक रहेको बताउनुभएको छ । 

आइतबार आफ्नो पुस्तक अतृप्त अवसर लोर्कापण तथा समसामयिक अर्थ–राजनीतिक विमर्श सार्वजनिक कार्यक्रममा बोल्नुहुँदै उहाँले नेपालमा व्यक्तिकेन्द्रीत राजनीतिका कारण विकास र समृद्धिमा दिगो पना आउन नसकेको बताउनुभयो । 

उहाँले कुनै व्यक्ति नेतृत्वमा जाँदा एक खालको विकास हुने र अर्को व्यक्ति नेतृत्वमा जाँदा अर्कोखालको विकास हुने परिपाटिको अन्त्य गर्नुपर्ने बताउनुभयो ।  बोल्दै उहाँले यस्तो बताउनु भएको हो । 

उहाँले देश विकासका लागि नीतिगत सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । देशको विद्यमान पद्धती र प्रणालीमा सुधार आवश्यक रहेको बताउनुभयो ।

वाग्लेले सरकारको आवधिक स्थायित्व नीति तथा कार्यक्रमलाई निश्चित गन्तव्य पु¥याउन आवश्यक रहेको बताउनु भयो। 

वाग्लेले भन्नुभयो अस्थिर सरकारबाट वाक्क भएर स्थिर सरकारलाई अवलम्बन गरियो, सरकारको पूर्वतयारी होला भन्ने भ्रममा हामी सबै प¥यौं आखिर तयारी त केही भएको रहेनछ । दलीय नियन्त्रणमा अर्थतन्त्रलाई सञ्चालन गर्न खोजिदा आर्थिक क्रियाकलाप संकुचित बन्दै गएको उहाँको भनाइ छ ।

वाग्लेले भन्नुभयो, सवल अर्थतन्त्रका लागि सरकारको सवल नीति तथा कार्यक्रम आवश्यक पर्छ । सरकारले दलीय सोच वा व्यक्तिगत विचारमा मात्र शासन चलाउन थाल्यो भने अर्थतन्त्र पाइला पाइलामा निमोठिन्छ । लोकतन्त्र टुक्रिन्छ र संवैधानिक उद्धारवाद हावी हुने कुरा उहाँले बताउनु भयो ।

प्रणालीले निरन्तर काम गर्छ तर प्रणालीलाई आफू अनुकुल बनाउने शाहसले विकासका योजनाहरु असफल बनाउँछ । नेपालमा हालसम्म यस्तै परिस्थितिको मात्र सृजना भयो । योजना कार्यक्रम र व्यक्तिगत स्वतन्त्रता दलीय नियन्त्रणमा आवद्ध बने । सरकार परिर्वतनसँगै सबै कार्यक्रम परिवर्तन हुन पुगे ।

प्रेरणागत पद्धतिबाट भन्दा तथ्यगत पद्धतिबाट अर्थतन्त्रलाई हेरियो भने आवधिक निर्वाचन र आर्थिक योजना दीगो र दीर्घकालिन बन्ने विषयमा अर्थशास्त्री वाग्लेले जोड दिनु भयो ।