२७ फागुन, २०८१ मंगलबार
05:05:35 PM
८ जेठ, २०७९
राजस्व परामर्श समितिले पनि आयात निरुत्साहित गरेर स्वदेशी उत्पादनलाई बढावा गर्न कर नीति परिमार्जनका लागि सुझाव दिएको छ।
काठमाण्डौं । आगामी वर्षमा आयातमा कमी ल्याउन सरकारले भन्सारदर बढाउने तयारी गरेको छ । बढ्दो आयातले गर्दा घट्दै गएको वैदेशिक मुद्रा सञ्चितिलाई रोक्न र आयातलाई प्रतिस्थापन गर्न सरकार भन्सारदर बढाउन बाध्य भएको हो ।
अर्थ मन्त्रालयले भन्सारदर बढाउने वस्तुको सूची समेत तयार पारिसकेको छ । सोही अनुरुप सरकारले नीतिगत रूपमै आयातलाई निरुत्साहित गर्न बजेटमा भन्सार बढाउने तयारी गरेको छ ।
राजस्व परामर्श समितिले पनि आयात निरुत्साहित गरेर स्वदेशी उत्पादनलाई बढावा गर्न कर नीति परिमार्जनका लागि सुझाव दिएको छ। सरकारलाई राजस्व र वैदेशिक मुद्रा सञ्चिति दुवै सन्तुलित गर्न उपयुक्त उपाय भन्सार बढाउनुपर्ने निष्कर्ष अर्थमन्त्रालयले निकालेको अधिकारीहरु बताँउछन ।
सरकारले आफूखुशी भन्सार महसुल वृद्धि गर्न सक्दैन। विश्व व्यापार संगठन (डब्लुटीओ) को मापदण्डलाई आधार बनाएर महसुल लगाउनुपर्ने हुन्छ।