२० माघ, २०८१ आइतबार

03:51:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आइतबार बिदा दिने निर्णय भएन कार्यान्वयन, दुई दिने बिदा हटाउने चर्चा

८ जेठ, २०७९

सरकारले जेठ १ गते देखी लागुहुने गरी शनिवार र आइतबार सातामा दुईदिन बिदा दिने निर्णय बारे पुर्नविचार गर्ने संकेत गरेको छ ।

आइतबार बिदा दिने निर्णय भएन कार्यान्वयन, दुई दिने बिदा हटाउने चर्चा

काठमाडौं । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय आइतबार देखी लागु भयो । गत वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागू हुनेगरी सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

सरकारी निर्णय अनुसार सरकारी कार्यालयहरु बन्द रहेपनि कतिपय बैंक, स्कुल लगाएतका कार्यालयहरु सूचारु रहे । सरकारी निर्णयको पालना गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकले निर्देशन नै जारी गरेको थियो । तर राष्ट्र बैंकको उक्त निर्देशनको उल्लघन गर्दै अधिकांश बैंकहरुले आइतबार आफ्नो सेवा प्रदान गर्ने बताएका छन् ।

सरकारले गरेको निर्णयको बेवास्ता गर्दै झण्डै एक दर्जनभन्दा बढी बैंकहरुले आइतबार पनि बैंकिङ सेवा दिने बताएका हुन् । जसमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, एनआईसी एशिया बैंक, हिमालयन बैंक, नबिल बैंक, सिभिल बैंक, सिटिजन्स बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एनसीसी बैंक, सनराइज बैंक, प्राइम कमर्सियल बैंक र राष्ट्रिय सहकारी बैंकले आइतबार पनि सेवा दिने जनाएका हुन् । ग्राहकहरुमा पर्न सक्ने असुविधालाई मध्यजनर गर्दै यी बैंकहरुले आइतबार पनि सेवा संचालन गरेको जनाएका छन् ।

त्यस्तै, त्रिभुवन विश्वविद्यालय पनि सरकारको सो निर्णको कार्यान्वयन नगर्ने जनाएको छ । त्रिभुवन विश्वविद्यालयले एक सूचना जारी गर्दै सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय कार्यान्वयन नगर्ने जनाएको हो । विद्यार्थीको पठनपाठन, विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा संचालन गर्न आवश्यक रहेकाले अर्को सूचना जारी नगरेसम्मका लागि आइतबार पनि विश्वविद्यालयका सबै सेवाहरु संचालन गर्ने जनाएको छ ।

साथै, सुदुरपश्चिम विश्व विद्यालयले पनि सरकारको उक्त निर्णयको पालना नगर्ने जनाएको छ । कोरोना संक्रमणका कारण शैक्षिक संस्थाको पढाइमा बाधा पुगिरहेको बेला सरकारको यस्तो निर्णयले विद्यार्थीमा झन ठूलो संकट आउने भन्दै उक्त निर्णय नमान्ने जनाएको छ ।

त्यस्तैगरी, निजी विद्यालयहरुले पनि सरकारको आइतबार बिदा दिने निर्णयलाई कार्यान्वयन नगर्ने बताएका छन् । एनप्याब्सनले आइतबार आफ्नो संस्था मातहतका विद्यालयहरु सञ्चालन गर्न निर्देशन जारी गरेको छ । काठमाडौं उपत्यका भित्र र बाहिरका विद्यालयहरुलाई पत्र पठाएर आइतबार पनि विद्यालय सञ्चालन गर्न निर्देशन दिएको हो ।

काठमाडौं महानगरपालिकाले आइतबार पनि आफ्नो कार्यालय खुला रहने जानकारी दिएको छ । महानगरपालिकाले सार्वजनिक सूचना नै जारी गर्दै आइतबार पनि सेवा दिने जनाएको हो । महानगरका विभागीय प्रमुख महेश काफ्लेले सूचना जारी गर्दै राजस्व विभाग र वडा कार्यालयहरु आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्म खुल्ने जानकारी दिनुभएको हो ।

यसैबीच काठमाडौंका अधिकांश अस्पतालहरूले पनि आइतबार सम्पूर्ण सेवा दिईरहेका छन् ।  सरकारी विदाको दिन यस अघि सिमित सेवा प्रवाह गर्दै आएका अस्पतालहरुले आइतबार सरकारले दिएको बिदाको दिन पनि नियमित जस्तै सम्पूर्ण सेवाहरु प्रदान गरेका छन् ।

काठमाडौं उपत्यका भित्रका निजामती कर्मचारी अस्पताल, कान्ति बाल अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गङ्गालाल हृदय रोग केन्द्र, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललगायतका अस्पतालहरुले आइतबार पनि सेवा दिईरहेका छन् ।

यसैबीच सरकारले जेठ १ गते देखी लागुहुने गरी शनिवार र आइतबार सातामा दुईदिन बिदा दिने निर्णय बारे पुर्नविचार गर्ने संकेत गरेको छ । यसबारेमा आधिकारीक जानकारी नआएपनि सातामा दुईदिन बिदा दिँदा सरकारी कामकाज प्रभावकारी रुपमा अगाडि बढाउन नसकिने भन्दै यसबारे पुर्नविचारको तयारी भएको बताइएको छ ।