१ जेठ, २०८१ मंगलबार

08:33:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक निर्माण सम्पन्न, सञ्चालनको अन्तिम तयारी

Nepal Business

१६ पुस, २०७८

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको भौतिक निर्माण सम्पन्न, सञ्चालनको अन्तिम तयारी

पुष १६ काठमाण्डौ 

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ९८.७६ प्रतिशत सम्पन्न भईसकेको छ । विमानस्थलका रनबे लाइट, यान्त्रिक अवतरण प्रणाली, सञ्चार उड्डयन सहायक उपकरणहरु, ब्यागेज ह्याण्डलिङग सिस्टम, एक्सरे लगाएतका उपकरण जडान कार्य सम्पन्न भइसकेको विमानस्थल स्रोतले जनाएको छ । 
नेपाल नागरिक उड्डयन प्राधिकरणको २३औँ वार्षिकोत्सबको अवशरमा आयोजना भएको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई विमानस्थलको तर्फबाट प्रस्तुत गरिउको प्रतिवेदनमा विमानसथल सञ्चालनको भौतिक तयारी सबै सम्पन्न भएको जानकारी दिएको छ । 

मन्त्री आलेले हवाई रुटका सम्बन्धमा भारतसँग हालै नयाँ दिल्लीमा त्यहाँको एभिएसन मिनिस्टरसँग कुराकानी भएको जानकारी दिनुभयो । उहाँले कागजात ल्याउनुस् हामी सकारात्मक छौँ भन्नुभएको छ, चाँडै यो प्रक्रिया टुङ्गिने अपेक्षा गरिएको छ ।”

पर्यटनमन्त्री आलेले छिटो ‘विजनेश प्लान’ ल्याएर कम्तीमा १४ वटा जहाज खरिद प्रक्रिया अघि बढाउन नेपाल वायुसेवा निगम नेतृत्वलाई निर्देशन दिइसकिएको बताउनुभयो । “मैले धेरै अगाडि पनि भनेको थिए । प्राधिकरणले भटाभट विमानस्थल बनाउँदै जान्छ, तपाईं ९वायुसेवा निगम अन्य कम्पनीका नयाँ जहाज गनेर बस्नुस् । भएका जहाज मर्मत गरेर उडाउनुस् भनिरहेको छु”, मन्त्री आलेले भन्नुभयो ।
मन्त्री आलेले युरोपका आकाशमा नेपाली जहाज उडाउने वातावरण सिर्जना गर्न युरोपेली युनियनको कालोसूचीबाट हट्ने गरी काम गर्न प्राधिकरणलाई निर्देशन दिनुभयो । प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले गौतमबुद्ध विमानस्थलमा जनवरी २०२२ भित्र क्यालिब्रेसन उडान गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । “क्यालिब्रेसन फ्लाइटको तयारी भइरहेको छ, केही हाम्रै कारणले रोकिएको थियो, फिडर जडानको काम भइसकेको छ । उडान अनुमति पाएको एरो थाईका प्राविधिकले निरीक्षण गरेर गइसकेकोले जनवरीभित्रै परीक्षण उडान हुन्छ ।”