१७ बैशाख, २०८१ सोमबार

01:06:08 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

प्रदेश विकासमा ध्यान दिएर बजेट ल्याउन प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

Nepal Business

७ जेठ, २०७९

राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्वाध रूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक

प्रदेश विकासमा ध्यान दिएर बजेट ल्याउन प्रधानमन्त्रीलाई मुख्यमन्त्री पोखरेलको ध्यानाकर्षण

काठमाडौँ,

सङ्घ सरकार नीति तथा कार्यक्रम र वार्षिक बजेटको अन्तिम तयारीमा जुटिरहेका बेला गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर ध्यानाकर्षण गराउनुभएको छ । 

भेटमा मुख्यमन्त्री पोखरेलले गण्डकी प्रदेशको धार्मिक, सांस्कृतिक तथा पर्यटकीय विकासमार्फत समुन्नत राष्ट्र निर्मााणका लागि महत्वपूर्ण योगदान पु¥याउन तथा अन्तर प्रदेश समन्वय र विकासलाई सुदृढ बनाउनका लागि सङ्घको बजेटमा समेट्नैपर्ने गण्डकीका योजनाको सूची प्रधानमन्त्रीलाई बुझाउनुभयो ।

“राष्ट्रिय विकास तथा अन्तर प्रदेश समन्वयात्मक विकासका लागि केही राष्ट्रिय गौरवका, रणनीतिक महत्वका र अन्तर प्रदेश विकासमा समेत महत्वपूर्ण हुनसक्ने आयोजनामा सङ्घ सरकार र प्रदेश सरकारको लगानी साझेदारी हुनुपर्ने, आपसी समन्वयमा त्यस्ता आयोजनाहरूको कार्यान्वयन हुन जरुरी छ”, ध्यानाकर्षण पत्रमा भनिएको छ ।

राष्ट्रिय गौरव तथा प्रदेश गौरवका आयोजना सञ्चालित क्षेत्रमा निर्वाध रूपमा आयोजना सञ्चालन हुने वातावरण सुनिश्चित गर्न आवश्यक कानुन तथा मापदण्डको विकास गरी निर्वाध रूपमा त्यस्ता आयोजना सञ्चालन हुने अवस्था विकास हुनुपर्नेमा मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराउनुभयो ।