५ जेठ, २०८१ शनिबार

01:56:39 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कृषिलाई उद्योगमा बदलौँ : अर्थमन्त्री शर्मा

१६ पुस, २०७८

नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताउनुभयोे ।

कृषिलाई उद्योगमा बदलौँ : अर्थमन्त्री शर्मा

 

पुष १६, काठमाण्डौ 

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिनुभएको छ । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उहाँले उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्न कृषिलाई बढवा दिनुपर्ने बताउनुभयोे । एकातिर कृषियोग्य भूमि बाँझो रहनु र अर्कातिर आयातित वस्तुको उपभोग बढ्दै जानु चिन्ताको विषय भएको छ भन्दै अर्थमन्त्री शर्माले नेपालको जल, जमिन र जनशक्तिको भरपुर प्रयोग गरी कृषि उत्पादन बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

“कृषि क्षेत्र उपेक्षित छ, किसानले राज्यबाट पाउनुपर्ने सेवासुविधा पाइराखेको अवस्था छैन”, उहाँले भन्नुभयो, “यस क्षेत्रलाई व्यवस्थित र सङ्गठितरूपमा परिचालन गर्न राज्यको विशेष लगानी आवश्यक छ ।”

किसानलाई व्यावसायिक र आत्मनिर्भर बनाउँदै देश निर्माणमा महत्वपूर्ण योगदान दिलाउन कृषि सहकारी सङ्घले भूमिका निर्वाह गर्नुपर्ने पनि अर्थमन्त्री शर्माले बताउनुभयो । किसानका समस्या समाधान गर्न सरकारका तर्फबाट पूर्ण सहयोग रहने उहाँको भनाइ थियो । 
नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. का अध्यक्ष खेमबहादुर पाठकले ग्रामीण क्षेत्रमा छरिएर रहेको पूँजी सङ्कलन गर्दै विपन्न तथा पछाडि परेका किसानलाई कृषि क्षेत्रमा रोजगारी सिर्जना गरेर  कृषि र पशुपक्षीको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न प्रोत्साहन गरिएको बताउनुभयो । उहाँले नेपालको कृषि क्षेत्रमा हुँदै आएको आयत प्रतिस्थापनका लागि ७५ वटा जिल्लामा सञ्जाल विस्तार भएको केन्द्रीयसंघ र सदस्य संस्था एंव किसानहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

उहाँले आगमी दिनमा कृषि सहकारीहरुले आफ्नो उत्पादनको बजारकिणका लगि विशेष भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । यसैगरी कार्यक्रममा सहकारी महासंघका निवर्तमान अध्यक्ष केशव बडालले नेपालको कृषि तथा पशुपालन क्षेत्रमा साना किसान कृषि हसकारी संस्थाहरुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उँहाले जस्तोसुके अवस्थामा पनि किासनहरुले गरेको उत्पादनले नेपालको अर्थतन्त्र सुधारका लागि महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । यसैगरी राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी क्षेत्र नेपालको एक महत्वपूर्ण क्षेत्र रहेको बताउनुभयो । उँहाले सहकारी क्षेत्रलाई वाहिर राखेर नेपालको अर्थतन्त्र सुधार गर्नेकुरा अब कल्पनासम्म पनि गर्न नसकिने बताउनुभयो । 
 
राउटे समुदायका गङ्गादेवी पुरस्कृत
       कार्यक्रममा जङ्गलमा बसोबास गर्दै आएको राउटे समुदायबाट कृषि सहकारीमा आबद्ध भई कृषि तथा पशुपालन गर्दै आउनुभएकी गङ्गादेवी राउटेलाई सम्मान गरिएको थियो । 
डडेल्धुराका गङ्गादेवीलाई अर्थमन्त्रीले सहकारीको तर्फबाट रु पाँच हजार प्रदान गर्नुभयो। उहाँले मास खेती गर्नाका साथै एक दर्जन बढी बाख्रा पाल्नुभएको छ । बाख्राका पाठापाठी बिक्री गरेर गङ्गादेवीले वार्षिक रु ८० हजार आम्दानी गर्दै आउनुभएको पनि सङ्घले जनाएको छ । कृषि सहकारीबाट रु एक लाख कर्जा लिएर उहाँले कृषि तथा पशुपालन गर्दै आउनुभएको हो ।
यसैगरी नेपाल कृषि सहकारी केन्द्रीय संघ लि. ले पूवै मेचि देखी पश्चिम महाकालीसम्मका १७ जना गरिव, दलित, सिमान्तकृत र पिछडीएको वर्गका किसानहरुलाई सम्मान गरेको थियो । 

संघको साधारण सभा तथा चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिवार सकिदै छ ।