२६ फागुन, २०८१ सोमबार

12:30:58 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मुलुकका विभिन्न क्षेत्रमा आएको भिषण हावाहुरीले ठुलो क्षति, चितवनमा पोल, रुख ढल्यो, तीनको मृत्यु

Nepal Business

६ जेठ, २०७९

हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन्

मुलुकका विभिन्न क्षेत्रमा आएको भिषण हावाहुरीले ठुलो क्षति, चितवनमा पोल, रुख ढल्यो, तीनको मृत्यु

चितवन,

जिल्लामा साँझ पख आएको हावाहुरीका कारण अटोरिक्सामा सवार तीनको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । फरकफरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको हो । 

भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुईको भोजाडमा मृत्यु भएको हो भने  भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एकको बर्सेनीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार अटोमा सवार एक जना घाइते भएका छन् । रुख ढल्दा अटोमा लागि दुर्घटना भएको उहाँले बताउनुभयो । 

घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल ल्याइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुखहरु ढल्ने र पोलहरु ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन् । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उहाँले बताउनुभयो ।