२६ फागुन, २०८१ सोमबार

12:32:53 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

लामाले पाए एआइजीको फूली

Nepal Business

६ जेठ, २०७९

लामाले आफू सेवाको उत्तराद्र्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलिभूत एवम् सङ्गठनको गरिमालाई उच्च बनाउनका लागि सदैव क्रियाशील रहने विचार व्यक्त गर्नुभयो

लामाले पाए एआइजीको फूली

काठमाडौँ,
नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयानुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक (आइजी) पदमा पदोन्नति हुनु भएका वसन्तकुमार लामालाई शुक्रबार दज्र्यानी चिह्न प्रदान गरिएको छ । 

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्धान कार्यालयमा समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले प्रहरी प्धान कार्यालयमा समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई दज्र्यानी चिह्नद्वारा सुशोभन गर्नुभएको हो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका एआइजी लामालाई बधाई दिँदै आगामी दिनमा उहाँको व्यावसायिक जीवनको सफलताको शुभकामना व्यक्त गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक लामाले आफू सेवाको उत्तराद्र्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलिभूत एवम् सङ्गठनको गरिमालाई उच्च बनाउनका लागि सदैव क्रियाशील रहने विचार व्यक्त गर्नुभयो । शुक्रबारको मन्त्रिपरिषद् बैठकले उहाँलाई बढुवा गरेको हो ।