२६ फागुन, २०८१ सोमबार

12:23:52 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सार्वजनिक भिडियोमा गृहको ध्यान, एसएसपीको नेतृत्वमा छानविन समिति गठन

Nepal Business

६ जेठ, २०७९

समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।

सार्वजनिक भिडियोमा गृहको ध्यान, एसएसपीको नेतृत्वमा छानविन समिति गठन

काठमाडौँ, ६ जेठ ।

केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा भएको भनी प्रकाशित भिडियोबारे छानविन समिति गठन गरिएको छ । 

उक्त भिडियोको सन्दर्भमा गम्भिर ध्यानाकर्षण भएको जनाउँदै गृह मन्त्रालयको निर्देशनपछि प्रहरी वरिष्ठ उपरक्षिक (एसएसपी) को नेतृत्वमा छानविन समिति गठन गरेको हो । प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति गठन गरेको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरको नेतृत्वको बनेको समितिमा समितिमा प्रहरी  उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का  रहनु भएको छ । समितिले शुक्रबारबाटै काम सुरु गरेको गृहमन्त्रालयले जनाएको छ ।