२६ फागुन, २०८१ सोमबार
12:38:00 AM
६ जेठ, २०७९
पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।
काठमाडौं । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१३ स्थित जंजीर केसीको कटेजमा कौडा खेलिरहेको अवस्थामा काठमाडौँ महानगरपालिका–६ रामहिटी बस्ने तिब्बत घर भएका २७ वर्षीय छेवाङ नोर्वुलगायत ६ जनालाई बिहीबार राति पक्राउ गरेको हो ।
पक्राउ परेकासँग प्रहरीले नेपाली रु ७६ हजार नगद, एक हजार अमेरिकी डलर र ६९ थान कौडा बरामद गरेको छ ।