२० माघ, २०८१ आइतबार

05:37:38 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अछामको साँफेबगरमा पुनः मतदान जारी

६ जेठ, २०७९

गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण साँफेबगरमा पुनः मतदानको मिति तय गरिएको हो ।

अछामको साँफेबगरमा पुनः मतदान जारी

काठमाडौं । अछामको साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबलामा आज (शुक्रबार) पुनः मतदान भइरहेको छ । मतदानका क्रममा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ ।

गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण साँफेबगरमा पुनः मतदानको मिति तय गरिएको हो ।

वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकामा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुन पुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ ।

स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगबाट निर्णय हुन बाँकी छ ।

बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशम्शेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ ।