८ मंसिर, २०८१ शनिबार

09:32:48 AM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थमन्त्रीको जवाफ : महत्वपूर्ण बजेट सुझावलाई सरकारले ग्रहण गर्छ

Nepal Business

५ जेठ, २०७९

कोरोना कहरले पारेको प्रभाव, बेमौसमी वर्षाका कारण ठूलो जनधनको क्षति र रुस र युक्रेनबीचको लडाइँका कारणले हाम्रो अर्थतन्त्र प्रभावमा परेको उहाँको भनाइ छ

अर्थमन्त्रीको जवाफ : महत्वपूर्ण बजेट सुझावलाई सरकारले ग्रहण गर्छ

काठमाडौँ, 

अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सम्बन्धमा प्राप्त भएका महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने विश्वास दिलाउनुभएको छ ।

राष्ट्रियसभाको विहिबारको बैठकमा आगामी आवको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तमाथि सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा उहाँले देश निर्माणका लागि राष्ट्रिय सङ्कल्पको जरुरी रहेको तथा त्यसमा सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो ।

दुई ठूला देशकोबीचमा रहेको अनुकूलतालाई उचित प्रयोग गरेर देशलाई एकाध वर्षमा समृद्ध बनाउन सकिने उल्लेख गर्दै उहाँले त्यसका लागि राष्ट्रिय सङ्कल्प नै एउटा शर्त रहेको बताउनुभयो ।

कोरोना कहरले पारेको प्रभाव, बेमौसमी वर्षाका कारण ठूलो जनधनको क्षति र रुस र युक्रेनबीचको लडाइँका कारणले हाम्रो अर्थतन्त्र प्रभावमा परेको उहाँको भनाइ छ । 

उहाँले पेट्रोलियम पदार्थ, फलाम र कोइलामा भएको मूल्यवृद्धिका कारण अर्थतन्त्रमा  समस्या देखिएको भन्दै यी समस्या नदेखिएका भए आर्थिक वृद्धि सात प्रतिशतभन्दा माथि पुग्ने थियो भन्नुभयो । 

बाह्य कारणले गर्दा मुद्रास्फिती बढेको, आयातको तुलनामा निर्यातको मात्रा बढ्न नसक्दा खास अर्थमा उपलब्धि हुन नसकेको उहाँले तथ्य पेश गर्नुभयो ।

शोधान्तर घाटालाई घटन नदिन विभिन्न उपाय अपनाइएको, विप्रेषण आप्रवाहमा सुधार भएको, ६.६ महिनाको सेवा र वस्तु खरिद गर्न सकिने विदेशी मुद्राको सञ्चिती रहेको जानकारीसमेत अर्थमन्त्रीले सभालाई जानकारी दिनुभयो ।