४ जेठ, २०८१ शुक्रबार

03:38:30 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

किसानलाई सक्षम बनाउने बजेटको खोजी

Nepal Business

५ जेठ, २०७९

आगामी बजेटले तय गरेका विषय ठीक भए पनि कार्यान्वयन जरुरी रहेको स्पष्ट पार्दै उहाँहरुले उत्पादन बढाउनका लागि मल, बीउ र सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्ने धारणा राख्नुभयो ।

किसानलाई सक्षम बनाउने बजेटको खोजी

काठमाडौँ,

सबै स्थानीय तहमा किसानलाई सबल बनाउने खालको कार्यक्रम ल्याउन जरुरी रहेकामा सांसदहरूले जोड दिनुभएको छ । 

सांसदहरूले किसानका उत्पादनलाई बजारीकरण गर्न, भूउपयोग नीति अगाडि बढाउन र बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

प्रतिनिधिसभाको विहिबारको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै सांसदहरूले किसानका उत्पादनलाई बजारीकरण गर्न, भूउपयोग नीति अगाडि बढाउन र बाँझो जमीनको उपयोगमा ध्यान दिन सरकारलाई सुझाव दिनुभयो ।

स्वास्थ्य र शिक्षालाई अलि बढी ध्यान दिन जरुरी रहेको भन्दै उहाँहरुले शिक्षामा सामुदायिक शिक्षालाई बजेटले सम्बोधन गर्नुपर्ने, दुर्गममा पनि अस्पताल सञ्चालन गनुपर्नेमा जोड दिनुभएको छ ।

आगामी बजेटले तय गरेका विषय ठीक भए पनि कार्यान्वयन जरुरी रहेको स्पष्ट पार्दै उहाँहरुले उत्पादन बढाउनका लागि मल, बीउ र सिँचाइको राम्रो प्रबन्ध गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस्तै केही सांसदले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा रहेको भन्दै त्यसलाई विशेष ध्यान दिनुपर्ने बताउनुभयो । श्रीलङ्का सङ्कटबाट नेपाल सरकारले सिक्नुपर्नेमा जोड दिँदै उहाँहरुले समस्याको समाधानका लागि तत्काल पहल गर्नुपर्ने बताउनुभयो ।

सरकारी निकायलाई कुनै पनि प्रकारको हस्तक्षेप नगरी काम गर्ने वातावरण बनाउनुपर्ने र लगानीमैत्री नीति बनाउनुपर्ने उहाँहरुको तर्क छ । 

सांसद नवराज सिलवाल, दिव्यमणि राजभण्डारी, रेनुका गुरुङ, मनकुमारी जिसी, सत्यनारायण खनाल, राजेन्द्र केसी, नारायणप्रसाद खतिवडा, बहादुरसिंह लामा, लालप्रसाद सावा लिम्बू र प्रकाश रसाइली स्नेहीलगायतले विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तका बारेमा आफ्ना सुझाव दिनुभयो । 

प्रतिनिधिसभाको अर्को बैठक जेठ ६ गते शुक्रबार दिनको १ बजे बस्नेछ ।