२० माघ, २०८१ आइतबार

05:52:19 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

निर्वाचनमा पाँच म्यादी र एक नेपाल प्रहरीको मृत्यु, परिवारले जनही २० लाख पाउने

Nepal Business

५ जेठ, २०७९

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा अहिलेको निर्वाचनमा भएका कमजोरी र आगामी निर्वाचनमा सुधान गर्नुपर्ने विषयबारे परामर्श भएको बताउनु भयो ।

निर्वाचनमा पाँच म्यादी र एक नेपाल प्रहरीको मृत्यु, परिवारले जनही २० लाख पाउने


काठमाडौँ, 
स्थानीय तह निर्वाचनको सुरक्षार्थी खटिएका खटिएका ५ म्यादी प्रहरी र एक नेपाल प्रहरीको मृत्यु भएको  छ । 

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा विहिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उक्त जानकारी गराईएको थियो ।मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही रु २० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने सरकारले यसअघि नै निर्णइ गरिसकेको छ।  

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा विहिबार बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा उक्त जानकारी गराईएको थियो ।

मन्त्रिपरिषद् बैठकले निर्वाचनमा खटिएका बेला मृत्यु हुने सुरक्षाकर्मी र म्यादी प्रहरीका परिवारलाई जनही रु २० लाख दिने र घाइतेको उपचार खर्च व्यहोर्ने सरकारले यसअघि नै निर्णइ गरिसकेको छ।  

मन्त्रिपरिषद् बैठकको निर्णय बमोजिम निर्वाचनका क्रममा खटिँदा घाइते भएका सुरक्षाकर्मीलाई उपचार खर्च र मृत्यु भएकाका परिवारलाई राहत दिने प्रक्रिया सुरु गर्न सम्बन्धित निकायमा लेखी पठाउने निर्णय बैठकले पनि बैठकले गरेको छ । 

बैठकमा गत वैशाख ३० मा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे छलफल भएको थियो । 

निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न अहोरात्र खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र पैहरी, राष्ट्रिय अनुसन्धान विभाग, म्यादी प्रहरी र राष्ट्रसेवक कर्मचारीलाई बैठकले धन्यवाद दिएको छ । बैठकले निर्वाचनमा सक्रिय सहभागिताका लागि राजनीतिक दलप्रति पनि धन्यवाद व्यक्त गरेको छ ।

निर्वाचन गराउने सिलसिलामा घाइते भएको सुरक्षाकर्मी तथा कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, निर्वाचनमा खटिएका बेलामा मृत्यु भएका नेपाल प्रहरी र म्यादी प्रहरीका परिवारमा दुःख व्यक्त गर्दै परिवारमा समवेदना व्यक्त गरेको छ ।

बैठकमा निर्वाचन सम्पन्न गर्न अहोरात्र खटिएका निर्वाचन आयोग, प्रमुखसहित आयुक्तहरु, मुख्य निर्वाचन अधिकृत भएर खटिएका न्यायाधीशहरुलाई पनि एकै चरणमा निर्वाचन सम्पन्न गर्न योगदान पु¥याएको भन्दै धन्यवाद व्यक्त गरिएको थियो ।  

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बैठकमा अहिलेको निर्वाचनमा भएका कमजोरी र आगामी निर्वाचनमा सुधान गर्नुपर्ने विषयबारे परामर्श भएको बताउनु भयो ।