२० माघ, २०८१ आइतबार

05:40:36 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सिंहदरबारभित्र रुखको हाँगाले लागेर कर्मचारीको मृत्यु

Nepal Business

५ जेठ, २०७९

सिंहदरबारभित्र रुखको हाँगाले लागेर कर्मचारीको मृत्यु

काठमाण्डौं । हावाहुरीका कारण सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जना कर्मचारीको मृत्यु भएको छ । पाल्पा रम्बा गाउँपालिका–५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्कीको मृत्यु भएको हो ।

हावाहुरीले बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा रूखको हाँगा भाँच्चिएर लाग्दा कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

 हाल उहाँको शव पोष्टमार्टमको लागि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा राखिएको छ।