२६ फागुन, २०८१ सोमबार
10:07:10 AM
५ जेठ, २०७९
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ ।
काठमाण्डौं । विश्वमा फैलिएको कोरोना महामारीका कारण अर्थतन्त्र शिथिल बन्दा विश्वका अधिकांश मुलुकमा मुद्रास्फीति बढिरहेको छ । सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाहरूको औसत मूल्यस्तरमा वृद्धि भएको र यस्तो वृद्धि निरन्तर भएको अवस्था मुद्रास्फीति हो ।
यसका लागि समग्र मूल्यस्तरमा वृद्धि भएको हुनुपर्छ । केहीको मूल्य घटे पनि धेरैजसो वस्तु र सेवाको मूल्यवृद्धि भएको र त्यस्तो वृद्धि लगातार भएको छ भने त्यस अवस्थालाई मुद्रास्फीति भनिन्छ ।
मुद्राको क्रयशक्ति कम भएको अवस्था मुद्रास्फीति हो । यस समयमा वस्तु तथा सेवाको बजार मूल्य बढिरहेको हुन्छ भने मुद्राको मूल्य (क्रयशक्ति) घटिरहेको हुन्छ ।
मुद्राको क्रयशक्ति कम भएको अवस्था मुद्रास्फीति हो । यस समयमा वस्तु तथा सेवाको बजार मूल्य बढिरहेको हुन्छ भने मुद्राको मूल्य (क्रयशक्ति) घटिरहेको हुन्छ । यस्तो अवस्थामा वस्तु महँगो पर्ने भएकाले थोरै सामानका लागि पनि धेरै पैसा खर्च गर्नुपर्ने अवस्था सृजना हुन्छ ।
सामान्यतयाः मुद्राको परिमाणमा वृद्धिले मात्र मुद्रास्फीतिको अवस्था नआउन सक्छ । यसको अर्थ मुद्राको परिमाणमा वृद्धिबाहेक अन्य विभिन्न कारणले पनि मुद्रास्फीति हुन सक्छ ।
जुन अनुपातमा मूल्यस्तर वृद्धि हुन्छ सोही वा सोभन्दा धेरै अनुपातमा उत्पादनमा वृद्धि हुन्छ भने त्यस्तो अवस्थामा मुद्रास्फीति नहुन सक्छ । मुद्रास्फीतिको अवस्था त्यतिबेला मात्र सृजना हुन्छ, जतिबेला उत्पादनको तुलनामा मौद्रिक आम्दानी (प्रवाह) वृद्धिदर बढी हुन्छ ।
किन हुन्छ, मुद्रास्फीति ?
मौद्रिक आम्दानीमा वृद्धि हुँदा वस्तु तथा सेवाको माग बढ्न जान्छ । तर, सो अनुपातमा उत्पादनमा वृद्धि भएन भने मुद्रास्फीति हुन्छ । माग बढेका कारण यस्तो भएकाले त्यसलाई माग प्रेरित मुद्रास्फीति भनिन्छ । सामान्य अवस्थामा निम्न कारणले यो अवस्था सृजना हुन्छ ।
केन्द्रीय बैङ्कले जारी गरेको प्रारम्भिक मुद्रा तथा बैङ्कहरूले सृजना गरेको शाख मुद्राको आपूर्तिमा वृद्धि । घाटाको सरकारी वित्त व्यवस्था, जनसङ्ख्या वृद्धि, कर कटौती, वैदेशिक ऋण, लगानी, सहायता र विषेषण आयमा उच्च वृद्धि आदी ।
उत्पादन लागत बढेका कारण वस्तु तथा सेवाको मूल्यवृद्धि हुन्छ । मूल्य बढेका कारण माग केही घटेपछि माग र आपूर्तिबीचमा असन्तुलनका कारण मूल्यवृद्धि सृजना भएमा त्यसलाई लागत वृद्धि मुद्रास्फीति भनिन्छ । सामान्यतया निम्न कारणले यो अवस्था सृजना हुन्छ ।
पूँजी लागतमा वृद्धि, कच्चापदार्थको मूल्यमा वृद्धि, ब्याजदरमा वृद्धि, प्राकृतिक प्रकोप आदिले मुद्रास्फीति सृजना हुन पुग्दछ ।
मुद्रस्फीतिको प्रभाव
मुद्रास्फीति उच्च भएमा उपभोक्ताको क्रयक्षमतामा कमी आउने भएकाले सीमित आय भएका लगानीकर्ताले ठूलो जोखिम लिन चाहँदैनन् । त्यसैगरी धेरै आम्दानी भएका लगानीकर्ताले पनि मुद्रास्फीतिको अवस्थामा लगानी गर्न उत्साहित हुँदैनन् ।
मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्य कम हुँदै जाने भएकाले बचत गरेको मुद्राको मूल्यमा ह्रास आउँछ । यसले मानिसहरू बचत गर्न प्रोेत्साहित नहुन सक्छन् ।
सामान्यतया मुद्रास्फीति उच्च हुँदा ब्याजदर पनि उच्च हुन्छ र कम हुँदा ब्याजदर पनि कम हुन्छ । तसर्थ, मुद्रास्फीतिको अवस्थामा लगानीकर्ता अपुग लगानीका स्रोत खोज्न वा नयाँ लगानी गर्न उत्साहित हुँदैनन् ।
मुद्रास्फीतिको अवस्थामा मुद्राको मूल्यमा ह्रास आउँछ । यसले गर्दा लगानीकर्ताले सानो पोर्टफोलियो निर्माणका लागि पनि ठूलो धनराशि खर्च गर्नुपर्छ ।