१६ कार्तिक, २०८१ शुक्रबार
07:23:48 PM
५ जेठ, २०७९
प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको
काठमाण्डौं । नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानून न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइरालाले भेटवार्ता गर्नुभएको छ ।
ललितपुरको खुमलटारस्थित अध्यक्ष दाहाल निवासमा बिहीबार बिहान भएको भेटमा समसामयिक राजनीतिक विषय, सङ्घीय संसद् सञ्चालन र सरकारले संसद्मा पेस गर्न लागेको विभिन्न विधेयकबारे छलफल भएको गृहमन्त्री खाणको भनाइ उद्धृत गर्दै उहाँको सचिवालयले जानकारी दिएको हो ।
प्रतिनिधिसभाको जारी अधिवेशनमा राजनीतिक दलहरूबीचको सहमतिमा नागरिकता विधेयक पेस गर्ने विषयमा पनि छलफल भएको छ । यसअघि पनि गृहमन्त्री खाणले नागरिकता विधेयकबारे पटक–पटक दलहरूसँग छलफल गर्नुभएको थियो ।
सरकारले दलीय सहमतिमा नागरिकता विधेयक संसदमा पेस गर्ने तयारी गरेको छ । दलीय सहमति जुटाउन गृहमन्त्री खाण र कानूनमन्त्री शर्माले माओवादी अध्यक्ष दाहालसँग भेटघाट गर्नुभएको हो ।
रासस