२६ फागुन, २०८१ सोमबार
10:02:09 AM
४ जेठ, २०७९
उनीहरू दुबै जनाले १८१ मत पाएका हुन्
काठमाडौँ,
काठमाडौं महानगरपालिकाको मेयर पदमा अहिले वडा नम्बर २८ को मतगणना भइरहेको छ।
यो वडा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको हो। यस वडामा एमालेले सुरूवाती अग्रता लिएको थियो भने यसबाहेकका वडामा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि छन्।
यो वडा नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितको हो। यस वडामा एमालेले सुरूवाती अग्रता लिएको थियो भने यसबाहेकका वडामा स्वतन्त्र उम्मेदवार बालेन शाह अगाडि छन्।
वडा नम्बर २८को मतगणनामा अहिलेसम्म स्थापित र शाहले बराबरी मत पाएका छन्।
उनीहरू दुबै जनाले १८१ मत पाएका हुन्।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १४२ मत पाएकी छन्।
४८ हजार ३०१ मत गणना गर्दा शाहले १८ हजार ७९५ मत पाएका छन्। यता स्थपितले भने ९५९६ मत पाएका छन्।
सिर्जना सिंहले भने ९१७२ मत पाएकी छन्।
अहिले वडा नम्बर ४, ६, ७, २८, २९, ३०, ३१ र ३२ वडाको मतगणना भइरहेको छ। वडा नम्बर १, २, ३ र ५को मतगणना सकिइसकेको छ।