२६ फागुन, २०८१ सोमबार
09:36:11 AM
४ जेठ, २०७९
यसअघि नै माडी नगरपालिमा एमालेले जितिसकेको छ । भरतपुर महानगरसँगै रत्ननगर, राप्तीमा भने गणना जारी छ
चितवन,
चितवन जिल्लामा रहेको सात पालिका मध्य तीन पालिकामा एमालेले जितेको छ । अन्य तीन पालिकामा मतगणना जारी छ । खैरहनी नगरपालिकामा भने काँग्रेस विजयी भएको छ ।
चितवनको कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
चितवनको कालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
कालिकाको प्रमुखमा नेकपा एमालेका विनोद रेग्मीले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले विजयी हुनुभएको हो । रेग्मीले १० हजार ७१४ मत प्राप्त गर्दा केसीले १० हजार ५७१ मत प्राप्त गर्नुभयो ।
यस्तै उपप्रमुखमा पनि नेकपा एमालेकै बिमला लामाले १० हजार ४४० मत प्राप्त गर्नुभयो भने गठबन्धनबाट उपप्रमुखको उम्मेदवार बन्नुभएकी माओवादी केन्द्रकी सबिता लामाले नौ हजार ६७८ मत प्राप्त गर्नुभयो । यस पालिकामा २४ हजार ३५० मत खसेको थियो ।
सो पालिकामा वडा नं १, ५, ६, ७ र १० मा कांग्रेस, वडा नं २, ४, ९ र ११ मा एमाले तथा वडा नं ३ र ८ मा माओवादी केन्द्र विजयी भयो ।
इच्छाकामना गाउँपालिकामा पनि एमाले
जिल्लाको एकमात्र गाउँपालिका इच्छाकामनाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ । पाँच दलीय गठबन्धनलाई पराजित गर्दै गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा एमाले विजयी भएको हो ।
एमालेका तर्फबाट उम्मेदवार बन्नुभएका दानबहादुर गुरुङले कांग्रेसकी गीताकुमारी गुरुङलाई एक हजार ५०२ मताअन्तरले पराजित गर्नुभयो । दानबहादुरले ६ हजार ११० मत प्राप्त गर्दा गठबन्धनकी गीता कुमारीले चार हजार ६०८ मत प्राप्त गर्नुभयो ।
यस्तै उपाध्यक्षमा एमालेकी माया सिलवाल विजयी हुनुभयो । उहाँले गठबन्धनका प्रताप गुरुङलाई ३०० मतान्तरले पराजित गर्नुभयो । सिलवालले पाँच हजार ३४४ तथा गुरुङले पाँच हजार ४४ मत प्राप्त गर्नुभयो ।
बाह्र हजार नौ मत खसेको यस पालिकामा वडा नम्बर २, ३, ४, ५ र ६ मा एमाले, वडा नं ७ मा कांग्रेस र वडा नं १ मा माओवादी केन्द्र विजयी भयो छ ।
यसअघि नै माडी नगरपालिमा एमालेले जितिसकेको छ । भरतपुर महानगरसँगै रत्ननगर, राप्तीमा भने गणना जारी छ ।