५ जेठ, २०८१ शनिबार

10:48:04 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बारामा ३अर्ब ५४ करोडको धान उत्पादन

Nepal Business

१५ पुस, २०७८

आर्थिक वर्ष २०७७÷७८ मा किसानले अगहनी धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए ।

बारामा ३अर्ब ५४ करोडको धान उत्पादन


काठमाण्डौं, पुस १५


बारामा किसानले यसवर्ष ३ अर्ब  ५३ करोड ९४ लाख बराबरको १ लाख ४१ हजार ५ सय ७७ मेट्रिकटन अगहनी धान उत्पादन गरेका छन् । उत्पादित धान व्यापारीले प्रति क्विन्टल २ हजार ५ सयका दरले खरिद गरेका छन् । 


अगहनी धान उत्पादनमा गत वर्षको तुलनामा ५० प्रतिशतले कमी आएको कृषि ज्ञानकेन्द्रका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनुभयो ।

यस वर्ष किसानले सोना मन्सुली, सावित्री, स्वर्णसवा १, सवा मन्सुली, राधा ११ र राधा ९ जातका धान ३४ हजार १ सय १५ हेक्टरमा लगाएका थिए । 
बाली विकास अधिकृत राजकरण साहका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा किसानले अगहनी धान ३४ हजार १ सय ६५ हेक्टर क्षेत्रफलमा लगाएका थिए । प्रति हेक्टर ४.२५ मेट्रिक टनका दरले १ लाख ४५ हजार २ सय १ मेट्रिक टन धान उत्पादन भएको थियो ।