८ मंसिर, २०८१ शनिबार
10:30:51 AM
४ जेठ, २०७९
पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।
डोटी
डोटीमा स्थानीय तह निर्वाचन २०७९ को नतिजा सार्वजनिक भइसकेको छ । यसपालिको स्थानीय तहको निर्वाचनमा जिल्लामा नेपाली कांग्रेस पहिलो बनेको छ ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ । नेकपा माओवादी केन्द्र र एमालेले एक/एक स्थानीय तहमा जीत हासिल गरेको छ ।
जिल्लाका नौवटा स्थानीय तहमध्ये नेपाली कांग्रेस सात स्थानीय तहमा विजयी भएको छ भने दुई पालिकामा झिनो मतले पराजित भएको छ । नेकपा माओवादी केन्द्र र एमालेले एक/एक स्थानीय तहमा जीत हासिल गरेको छ ।
पराजित भएको बोगटान फुड्सिल गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेस विजयी भएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस तीन पालिकामै सीमित रहेको थियो ।
यसपटक पराजित भएको जोरायल गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार दीपककुमार विष्टले ३७ मतले मात्रै हार बेहोर्नुभएको छ भने बोगटान फुड्सिल गाउँपालिकामा नेपाली कांग्रेसका दिलबहादुर बम १२४ मतले पराजित हुनुभएको छ ।
उक्त पालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसले जितेको छ । जिल्लाका जम्मा ६५ वडामध्ये नेपाली कांग्रेसले ३९ वडामा जीत हासिल गरेको छ भने नेकपा एमाले १९ वडामा विजयी भएको छ ।
नेकपा माओवादी केन्द्र चार वडामा विजयी भएको छ भनेसँगै मिलेर चुनाव लडेको नेकपा एकीकृत समाजवादीले एउटा वडामा मात्रै चित्त बुझाउनु परेको छ । एउटा वडामा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ । केआईसिंह गाउँपालिका–७ मा राप्रपाले जीत हात पारेको हो ।
यसैगरी दिपायल सिलगढी नगरपालिका–२ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी हुनुभएको छ । विसं २०७४ को स्थानीय निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा विजयी हुनुभएका राजेन्द्र खड्का यसपटक पार्टीबाट टिकट नपाउँदा स्वतन्त्रबाट उठ्नुभएको थियो ।