२६ फागुन, २०८१ सोमबार
09:25:16 AM
४ जेठ, २०७९
चालु आर्थिक वर्षको १० महिनामा विभागले यस वर्ष लिएको लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।
काठमाण्डौं । आन्तरिक राजस्व विभागले लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको १० महिनामा विभागले लिएको लक्ष्यको ९० प्रतिशत राजस्व संकलन गर्न सफल भएको हो ।
विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख महिनासम्ममा ३ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । सरकारले यस अवधिमा ४ खर्ब २० अर्ब १८ करोड ६१ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्य अनुसार ३ खर्ब ७७ अर्ब ९३ करोड ७६ लाख ६४ हजार रुपैयाँ मात्र राजस्व संकलन गरेको हो ।
चालु आर्थिक वर्षको साउन महिनादेखि बैशाख महिनासम्ममा ३ खर्ब ७७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ ।
गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष राजस्व संकलनमा ११०.०५ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा विभागले ३ खर्ब ४३ अर्ब ४३ करोड ३७ लाख ४७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागका अनुसार चालु आर्थिक वर्षको बैशाखसम्म आयकर, भ्याट र अन्तशुल्क शीर्षकबाट २ खर्ब २४ अर्ब ५७ करोड ५० लाख १० हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८८ प्रतिशत मात्र राजस्व संकलन गरेको हो । यस अवधिमा उक्त शीर्षकबाट १ खर्ब ९७ अर्ब ९० करोड १७ लाख ७ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।
गत वर्षको तुलनामा उक्त शीर्षकमा यस वर्ष राजस्व संकलनमा ११३.९७ प्रतिशतले वृद्धि भएको छ । विभागले गत वर्षको सोही अवधिमा आयकर, भ्याट र अन्तशुल्क शीर्षकबाट १ खर्ब ७३ अर्ब ६३ करोड ६१ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो ।
सरकारले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्म आयकरबाट १ खर्ब ८९ अर्ब ४१ करोड ९० लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । जसमा १ खर्ब ७३ अर्ब २३ करोड ३१ लाख ७३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
गत वर्षको तुलनामा ११४.९४ प्रतिशतले बढी राजस्व संकलन भएको हो । विभागले गत वर्षको सोही अवधिमा उक्त शीर्षकबाट १ खर्ब ५० अर्ब ७१ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
विभागका अनुसार स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन भएको छ । विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट २ अर्ब ८० करोड ८५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
यसैगरी विभागले घरबहाल करबाट ३ अर्ब २६ करोड ८२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ अर्ब २२ करोड १७ लाख ७८ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
घरबहाल करतर्फ पनि राजस्व संकलनमा गत वर्षको तुलनामा १००.२३ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा २ अर्ब २१ करोड ६७ लाख ४३ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
यसैगरी विभागले ब्याजबाट ३१ अर्ब ८८ करोड ७७ लाख ४३ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएकोमा २२ अर्ब ४४ करोड ६७ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्षको तुलनामा यस अवधिमा १०८.४२ प्रतिशत मात्र राजस्व संकलनमा वृद्धि भएको छ । गत वर्ष सोही अवधिमा २० अर्ब ७० करोड ४४ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागका अनुसार सरकारले भ्याटबाट १ खर्ब ६ अर्ब ९ करोड ७७ लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ९० अर्ब ५१ करोड ८४ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । लक्ष्यअनुसार ८५.३२ प्रतिशत राजस्व संकलन गरेको हो ।
गत वर्षको तुलनामा राजस्व संकलनमा ९४.९५ प्रतिशतले कम हो । गत वर्षको सोही अवधिमा ९५ अर्ब ३३ करोड ६३ लाख ३८ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्याङकमा उल्लेख छ ।
गत वर्षको तुलनामा शिक्षा शीर्षकको राजस्व संकलनमा दोब्बरले वृद्धि भएको छ । यो लक्ष्य भन्दा २६५.४० प्रतिशतले बढी हो ।
अन्तशुल्क शीर्षक तर्फ यस अवधिमा सरकारले ८५ अर्ब ८१ करोड ९८ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८३ अर्ब ३० करोड ३८ लाख ७६ हजार रुपैयाँ संकलन गरेको तथ्याङकमा उल्लेख छ ।
गत वर्षको यस अवधिमा तुलनामा राजस्व संकलनमा ११९.७९ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ६९ अर्ब ५४ करोड ३८ लाख ५२ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागका अनुसार स्वास्थ्य सेवा शीर्षकमा लक्ष्य भन्दा झण्डै दोब्बर राजस्व संकलन भएको छ । विभागले यस अवधिमा स्वास्थ्य सेवा शीर्षकबाट २ अर्ब ८० करोड ८५ लाख १५ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।
जसमा ५ अर्ब ३२ करोड १ लाख ९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यो लक्ष्य भन्दा १८९.४३ प्रतिशत बढी राजस्व संकलन भएको हो । गत वर्षको सोही अवधिमा ४ अर्ब ५८ करोड ६ लाख ९५ हजार रुपैयाँ राजस्व संकलन भएको थियो ।
विभागले बैशाख मसान्तसम्म शिक्षाबाट ८७ करोड ८८ लाख ५६ हजार रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८९ करोड ३५ लाख ७ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । यस अवधिमा लक्ष्यको १०१.६७ प्रतिशत राजस्व संकलन भएको तथ्याङकमा उल्लेख छ ।
गत वर्षको तुलनामा शिक्षा शीर्षकको राजस्व संकलनमा दोब्बरले वृद्धि भएको छ । गत वर्षको सोही अवधिमा ३३ करोड ६६ लाख ६७ हजार रुपैयाँ राजस्व संकलन भएको थियो । यो लक्ष्य भन्दा २६५.४० प्रतिशतले बढी हो ।