२० बैशाख, २०८१ बिहिबार

04:25:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अनुमानको भरमा समाचार नदिन प्रेस काउन्सिलको ध्यानाकर्षण

Nepal Business

३ जेठ, २०७९

यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चारमाध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रहसमेत गरेको छ

अनुमानको भरमा समाचार नदिन प्रेस काउन्सिलको ध्यानाकर्षण

काठमाडौँ, 

प्रेस काउन्सिल नेपालले स्थानीय तह निर्वाचन, २०७९ को मतगणना हुने र परिणाम आउने क्रम जारी रहेकाले अनुमानको भरमा समाचार सम्प्रेषण नगर्न सम्बद्व पत्रकार र सञ्चार माध्यमलाई ध्यानाकर्षण गराएको छ ।

विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चारमाध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्यतथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न भनिएको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा विभिन्न स्थानमा मतगणना चलिरहेको र त्यसको अन्तिम परिणाम आउन अझै केही दिन लाग्ने देखिएको अवस्थामा केही सञ्चारमाध्यमले आफैँ विजय घोषणा गरेर समाचार सम्प्रेषण गरेको पाइएको हुँदा निर्वाचन आयोगबाट सत्यतथ्य र आधिकारिक जानकारी लिएर मात्र समाचार सम्प्रेषण गर्न भनिएको छ ।

 समयमा नै तथ्याङ्क अद्यावधिक (अपडेट) नहुँदा सञ्चारमाध्यमबाट ‘अडियन्स’ मा गलत, अपुष्ट सन्देश जाने भएकाले यसतर्फ ध्यान दिँदै तथ्याङ्क अद्यावधिक गरी पत्रकार र सञ्चारमाध्यमलाई समयमा नै प्रदान गर्न काउन्सिलले निर्वाचन आयोग नेपाललाई आग्रहसमेत गरेको छ ।