८ मंसिर, २०८१ शनिबार

10:28:09 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चितवनमा सुर्य उदायो, माडीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

Nepal Business

३ जेठ, २०७९

उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित हुनुभएको छ

चितवनमा सुर्य उदायो, माडीको प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस विजयी

चितवन,

चितवनस्थित माडी नगरपालिकाको प्रमुखमा एमालेबाट उम्मेदवार बन्नुभएकी ताराकुमारी काजी महतो विजयी हुनुभएको छ । महतोले नौ हजार ९०१ मत ल्याउनुभएको छ । 

उहाँका प्रतिद्धन्द्धी माओवादी केन्द्रका ऋषि काफ्लेले सात हजार ७२९ मत प्राप्त गर्नुभएको थियो । ताराकुमारी विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार हजार ६९० मतका साथ उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

उहाँका प्रतिद्धन्द्धी माओवादी केन्द्रका ऋषि काफ्लेले सात हजार ७२९ मत प्राप्त गर्नुभएको थियो । ताराकुमारी विसं २०७४ को स्थानीय तह निर्वाचनमा चार हजार ६९० मतका साथ उपप्रमुखमा निर्वाचित हुनुभएको थियो ।

उपप्रमुखमा नेपाली कांग्रेसका खेमप्रसाद महतो निर्वाचित हुनुभएको छ । उहाँले आफ्ना निकटतम प्रतिस्पर्धी राप्रपाका मदनप्रसाद पौडेललाई एक हजार ६९०  मतका अन्तरले निर्वाचित हुनुभएको हो । 

उहाँले ६ हजार ८३० मत प्राप्त गर्दा राप्रपाका पौडेलले पाँच हजार १४० मत प्राप्त गर्नुभयो । उपप्रमुखमा स्वतन्त्र उम्मेदवार कृष्णप्रसाद पौडेलले तीन हजार ८६ मत ल्याउनुभएको छ ।

महतो यसअघिको स्थानीय तहको निर्वाचनमा माडी नगरपालिकामा प्रमुख पदमा झिनो मतले पराजित हुनु भएको थियो ।

एमालेले सो पालिकामा एक वडाध्यक्षसहित प्रमुख र कांग्रेसले उपप्रमुख मात्र जित्न सफल भएको छ । वडाहरुमा माओवादी केन्द्रले चारवटा, नेकपा समाजवादीले दुईवटा र राप्रपाले दुई वटामा विजयी हासिल गरेका छन् । माडीमा २० हजार ४९६ मत खसेको थियो ।