१ जेठ, २०८१ मंगलबार

08:24:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अन्तरप्रदेशमा गाडी भाडा बढ्यो, कहाँ जान कति...?

Nepal Business

३ जेठ, २०७९

पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको मूल्य प्रतिलिटर १३८ थियो । हाल १५३ रुपैयाँ कायम भएको छ

अन्तरप्रदेशमा गाडी भाडा बढ्यो, कहाँ जान कति...?

अन्तरप्रदेशमा गाडी भाडा बढ्यो, कहाँ जान कति...?
काठमाडौँ 
पेट्रोलियम पदार्थको अचाक्ली मूल्य वृद्धिसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनमा ३.५ प्रतिशत भाडा  वृद्धि भएको छ । 

पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ५.१ प्रतिशत भाडादर वृद्धि भएको जनाइएको छ । 

यातायात व्यवस्था विभागले बुधबार भोलिदेखि लागू हुने गरी उक्त भाडा बढाएको हो ।

पहाडी बाटोमा चल्ने (मालवाहक)मा ४.६ र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनमा ५.१ प्रतिशत भाडादर वृद्धि भएको जनाइएको छ । 

इन्धनको बजार मूल्य ५ प्रतिशत वा सोभन्दा बढीले बढेमा वा घटेमा वैज्ञानिक भाडा समायोजन प्रणलीअनुसार स्वचालित रूपमा अन्तर प्रदेश यातायातको भाडा बढ्ने वा घट्ने व्यवस्था यसअघि नै गरिएको थियो । 

पछिल्लो समायोजनमा आधार लिइएको मूल्य १०.८६ प्रतिशत पुगेको जनाइएको छ।  

पछिल्लो पटक भाडादर समायोजन गर्दा डिजेलको मूल्य प्रतिलिटर १३८  थियो । हाल १५३ रुपैयाँ कायम भएको छ ।

तराईको लामो दूरी (२५० किमि भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुवाहक बस र मिनिबसका लागि साविक प्रतिव्यक्ति २.६७ रुपैया रहेकोमा बुधबारदेखि २.७६ रुपैयाँ कायम गरिएको हो । 

यस्तै २५ किमिदेखि २५० किमि प्रति व्यक्ति २ रुपैयाँ ७६ पैसा रहेकोमा अब २ रुपैयाँ ८३ पैसा भाडादर कायम गरिएको विभागले जनाएको छ ।

विभागले काठमाडौं–पोखरा र पोखरा–नारायणघाट खण्डको प्रति व्यक्ति २ रुपैयाँ ९४ पैसा कायम भएकोमा अब ३.०४ भाडादर कायम गरेको छ । भाडा वृद्धिको पूर्ण विवरण तल हेर्नसक्नुहुन्छ ।