२६ फागुन, २०८१ सोमबार

09:15:52 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रियसभामा अर्थमन्त्रीद्वारा प्रि-बजेट छलफलसम्बन्धी प्रस्ताव पेस

Nepal Business

३ जेठ, २०७९

राष्ट्रियसभाको पहिलो बैठकमा आसनबाट उभिएर विरोध जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले_ले दोस्रो बैठकमा भने विरोध गरेन ।

राष्ट्रियसभामा अर्थमन्त्रीद्वारा प्रि-बजेट छलफलसम्बन्धी प्रस्ताव पेस

काठमाडौँ,
राष्ट्रियसभाको मंगलबारको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा (कर प्रस्तावबाहेक) सभामा छलफल गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको छ ।

बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १३३ को उपनियम (३) को व्यवस्थालाई निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । उक्त प्रस्ताव सांसद अनिता देवकोटाले सदनमा पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसद गोपीबहादुर सार्की अछामी र प्रमिला कुमारीले समर्थन गर्नुभएको थियो ।

बैठकमा राष्ट्रियसभा नियमावली २०७५ को नियम १३३ को उपनियम (३) को व्यवस्थालाई निलम्बन गर्नेसम्बन्धी प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । उक्त प्रस्ताव सांसद अनिता देवकोटाले सदनमा पेस गर्नुभएको थियो । उक्त प्रस्तावलाई सांसद गोपीबहादुर सार्की अछामी र प्रमिला कुमारीले समर्थन गर्नुभएको थियो ।

राष्ट्रियसभाको पहिलो बैठकमा आसनबाट उभिएर विरोध जनाएको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले_ले दोस्रो बैठकमा भने विरोध गरेन । 

एमालेका प्रमुख सचेतक देवेन्द्र दाहालले बैठक नियमित ढङ्गबाट सञ्चालन गर्न दिने गरी अवरोध खुलाएको र पार्टीको माग भने कायमै रहेको बताउनुभयो ।