१ जेठ, २०८१ मंगलबार

04:09:39 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कोरोना महामारीको तेस्रो लहरले पर्यटन व्यवसायी चिन्तित

१५ पुस, २०७८

५० अर्बको लगानी जोखिमतिर धकेलिदै

कोरोना महामारीको तेस्रो लहरले पर्यटन व्यवसायी चिन्तित



काठमाण्डौं, पुस १५
कोरोना महामारीको दुईलहरले शिथिल बनाएको होटल व्यवसायीलाई पुनःतेस्रो लहरको  महामारी (ओमिक्रोन) प्रक्षेपणले थप चिन्तित बनाएको छ । 
गत साउन महिनादेखि कोरोना सङक्रमणदर कम हुदै गर्दा धुलिखेलका होटल व्यवसायमा चहलपहल बढन थालेसँगै कार्यक्रमका बुकिङहरु बढदै गएका थिए । तर अहिले नेपालमा कोरोना तेस्रो लहर ओमिक्रोनको डरले धुलिखेलमा विदेशी पाहुना आउन छाडिसकेकोे, हाल आन्तरिक पर्यटक मात्रै धुलिखेल आउने गरेका छन् ।  
कोरोना महामारीका कारण होटल–व्यवसाय धरासायी हुँदा धुलिखेलका चार होटल बन्द भएका छन् । होटल निर्माणको ब्याज तथा घर भाडासमेत तिर्न नसक्दा धुलिखेलका होटल बन्द गर्नुप¥यो ।

 पर्यटकीयस्थल धुलिखेलमा ठूलासाना गरी करिब ६० होटल रहेका छन् । काभ्रेपलाञ्चोक स्थित धुलिखेलको होटल–पर्यटनमा मात्रै करिब ५० अर्बको लगानी रहेको होटेल व्यवसायी सङ्घले जनाएको छ । यसबाट ३ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन् । 

 तेस्रो लहरको कोरोना आउने र सावधानी अपनाउनुपर्ने सूचना सरकारी पक्षबाटै आउन थालेपछि होटल व्यवसायी निकै तनावमा छन् । होटल व्यवसाय चौपट हुने भयो, व्यवसायी टाट पल्टने भए । सामान्य खर्च नै धान्न नसक्ने परिस्थिति बनिरहँदा बैंकको ब्याज र किस्ता कसरी तिर्ने भन्ने चिन्तामा व्यवसायीहरु रहेका छन् ।
पर्यटकीयस्थल धुलिखेल सङ्घीय राजधानी काठमाडौंबाट करिब ३० किलोमिटरको दूरीमा अवस्थित छ । यहाँ बाह्य पर्यटकको अलावा काठमाडौं, भक्तपुर र ललितपुरका आवासीय कार्यक्रम समेत हुने गरेका छन् ।