८ मंसिर, २०८१ शनिबार

09:25:44 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसद सुचारु, एमालेले हटायो संसदको अवरोध

Nepal Business

३ जेठ, २०७९

मुलुक राष्ट्रिय संकटमा परेको र यस बिषयमा सदनमा छलफलका लागि एमालेले अवरोध हटाउने निर्णय गरेको सदनमा जानकारी दिनु भयो।

संसद सुचारु, एमालेले हटायो संसदको अवरोध

काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसदमा गर्दै आएको अबरोध हटाउने भएको छ। एमाले सांसद प्रदीप ज्ञवालीले मंगलबारको संसद बैठकमा आफ्नो भनाइ राख्दै एमालेले सदनमा व्यापक बहस हुनपर्ने बिषय रहेकाले बिरोधको स्वरुपलाई परिवर्तन गर्ने जानकारी गराउनु भएको हो । 

ज्ञवालीले मुलुकमा गहिरिँदो आर्थिक संकट लगायतकबाट मुलुक राष्ट्रिय संकटमा परेको र यस बिषयमा सदनमा छलफलका लागि एमालेले अवरोध हटाउने निर्णय गरेको सदनमा जानकारी दिनु भयो।

यससँगै एमालेको अवरोधबिना मंगरबारदेखि संसद बैठक निरन्तर रुपमा सञ्चालन भइरहेको छ।

गत भदौ २३ देखि हामीले खास बिषयसहित निरन्तर अबरोध गर्दै आइरहेका थियौँ। हाम्रो बिरोध संबिधानले परिकल्पना गरेको बहुदलीय व्यवस्थासँग नै जोडिएको थियो।

सदनमा भिन्नभिन्न पार्टीलाई भिन्न भिन्न व्यवहार र दोहोरो मादण्ड देखाइएका बिरोधाभाषहरुको बिरोधमा हामीले  लगाातार आवाज उठाँउदै आयौँ ।

 उहाँले भन्नुभयो, सभामुखले दलले सांसदहरुलाई कारवाही गरेका सूचना नगरी सभामुखले दायित्व पुरा गर्नु भएन। यो बिषय अदालतमा पनि पुग्यो तर अझै फैसला भएन।

यसबीचमा सदनमा हाम्रो बिरोध जारी रह्यो भर्खरै सम्पन्न निर्वाचनले जनताले उचित ढंगले फैसला गरेका छन्। यसलाई पनि शीरोधार्य गरेर हामीले मुलुक एउटा कोर्षमा गइसकेको अबस्थामा हाम्रो बिरोधलाई फरक ढंगमा प्रस्तुत गर्ने निर्णय गरेका छौँ।