१७ बैशाख, २०८१ सोमबार

02:53:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चीनमा बेरोजगारी बढ्यो, बढ्नुको कारण के ?

Nepal Business

३ जेठ, २०७९

यो सन् २०२० फेब्रुअरीयताकै ठूलो गिरावट हो ।

चीनमा बेरोजगारी बढ्यो,  बढ्नुको कारण के ?

बेइजिङ । चीनको बेरोजगारी दर अप्रिल महिनामा ६.१ प्रतिशत पुगेको छ । सन् २०२० फेब्रुअरीमा कोरोना महामारीको सुरुवाती चरणमा चीनमा बेरोजगारीको दर ६.२ प्रतिशतसम्म पुगेको थियो । 

पछिल्लो समय विश्वको दोस्रो ठूलो अर्थतन्त्र कोरोनाका कारण पुनः लकडाउन सुरु भएसँगै सुस्त बनेको छ । आधिकारिक तथ्यांकले खुद्रा र उत्पादनको क्षेत्रलाई पछिल्लो लकडाउनले धेरै क्षति पुर्याएको छ ।

पूर्ण वा आंशिक लकडाउनहरु मार्च र अप्रिलमा दर्जनौँ सहरहरुमा गरिएका थिए । त्यसमा व्यावसायिक केन्द्र मानिने सांघाई समेत परेको छ । चिनियाँ प्रधानमन्त्री लि खछ्याङले केही समयअघि मात्रै रोजगारीको अवस्था खराब अवस्थामा रहेको बताउनु भएको थियो ।

यति हुँदाहुँदै पनि सरकारले भने यो वर्ष बेरोजगारी दर ५.५ प्रतिशतभन्दा कममा समेट्ने लक्ष्य राखेको छ ।

चीनमा खुद्रा बिक्री मार्च २०२० पछि ठूलो दरले खुम्चिएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष अप्रिलमा यो क्षेत्र ११.१ प्रतिशतले खुम्चिएको चीनको नेशनल ब्युरो अफ स्टाटिस्टिक्सले जनाएको छ ।

जुन मार्चको ३.५ प्रतिशतभन्दा धेरै खराब हो । अर्थशास्त्रीहरुले ६.१ प्रतिशतले मात्रै खुम्चिने प्रक्षेपण गरेका थिए । त्यसैगरी औद्योगिक उत्पादन पनि एक वर्षअघिको तुलनामा २.९ प्रतिशतले घटेको छ । यो  सन् २०२० फेब्रुअरीयताकै ठूलो गिरावट हो ।