१५ बैशाख, २०८१ शनिबार

09:30:32 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नगरपालिका र सहकारीको साझेदारीमा विकास कार्यक्रम

१५ पुस, २०७८

आधारभूत तह कक्षा–१ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि र सभ्य तथा स्वस्थ नागरिक बिर्तामोड नरपालिकाको समृद्धि उल्लेख गरिएको छ ।

नगरपालिका र सहकारीको साझेदारीमा विकास कार्यक्रम

 

काठमाण्डौं, पुस १५

ठूलो सहकारीका रुपमा प्रदेश नं १ मा स्थापित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले विर्तामोड नगरपालिकासँग मिलेर शिक्षा र कृषिका क्षेत्रमा साझेदारी कार्यक्रम सञ्चालन गर्ने भएको छ । कार्यक्रमका लागि सहाराका कार्यकारी निर्देशक महेन्द्र गिरी र नगरप्रमुख धुर्वकुमार शिवाकोटीले सम्झौतापत्रमा  हस्ताक्षर गर्नुभएको छ । 

नगरपालिकाले २८ लाख ४० हजार र सहाराले १० लाख गरी कूल  ३८ लाख ४० हजारको लागतमा शैक्षिक विकासका कार्यक्रम गरिने र कृषिका कार्यक्रम लागि पालिकाले ४५ लाख र सहाराले ४५ लाख गरी कुल ९० लाख उपलब्ध गराउने जनाइएको छ । 

दुवै संस्थाले २०÷२० लाखको लागतमा साना सिँचाइ कार्यक्रमका लागि मोटर बोरिङ वितरण,  २५÷२५ लाखमा पशु विकाससम्बन्धी मासु पसल सुधार, गाईको भकारो तथा गोठ सुधार, बाख्रा र बङ्गुरको भकारो तथा गोठ सुधार गर्नाका साथै  काट्ने उपकरण वितरण गरिने सम्झौतापत्रमा उल्लेख छ । 

सम्झौतापत्रमा आधारभूत तह कक्षा–१ देखि ५ सम्म प्रविधिमैत्री कक्षा तथा प्रविधिमैत्री शिक्षण सिकाइ कार्यक्रम सञ्चालन, पूर्वाधारयुक्त नगर र विषादीरहित कृषि तथा व्यवसायको अभिवृद्धि र सभ्य तथा स्वस्थ नागरिक बिर्तामोड नरपालिकाको समृद्धि उल्लेख गरिएको छ । 

पुस १४ गते गरिएको सम्झौतापत्रमा सो कार्यक्रमको अवधि विसं २०७९ असार मसान्तमा रहने बताइएको छ ।