२० माघ, २०८१ आइतबार
06:33:09 PM
३ जेठ, २०७९
वित्तीय सेवा प्रदायक कम्पनीले अब आफ्ना कर्मचारीहरूलाई तलबको सट्टामा सुन दिने तयारी गरेको छ।
एजेन्सी । पछिल्लो समय बेलायतमा मुद्रास्फीति थप चुतौतिपूर्ण बन्दै गएको छ । लण्डनस्थित एक कम्पनीले आफ्ना कर्मचारीलाई वर्तमान मुद्रास्फीतिको प्रभावलाई कम गर्न अनौठो उपाय अवलम्बन गरेको छ । कम्पनीले अब आफ्ना कर्मचारीलाई नगदको सट्टा सुनमा तलब दिने भएको छ ।
स्थानीय सञ्चारमाध्यमका अनुसार वित्तीय सेवा प्रदायक कम्पनीले अब आफ्ना कर्मचारीहरूलाई तलबको सट्टामा सुन दिने तयारी गरेको छ। ‘कम्पनीका सीईओ क्यामरुन पेरीलाई उद्धृत गर्दै सञ्चारमाध्यले लेखेका छन्, सुन मुद्रास्फीतिबाट जोगाउन प्रभावकारी साबित हुन्छ ।
कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीलाई सुनमा तलब दिन थालेको छ । कम्पनीले अब सबै कर्मचारीका लागि एउटै भुक्तानी प्रणाली लागू गर्न लागेको हो ।
सोही कारण कम्पनीले आफ्ना कर्मचारीलाई तलबमा सुन दिने निर्णय गरेको हो । पेरी भन्नुहुन्छ, वर्तमान युगमा परम्परागत मुद्राले निरन्तर आफ्नो क्रयशक्ति गुमाउँदै गएको छ । यस्तो अवस्थामा सुनले मानिसलाई मुद्रास्फीतिसँग अगाडि रहन मद्दत गर्छ ।
पेरीले पाउन्डको क्रयशक्ति गुमाउने तरिका चिन्ताजनक रहेको बताउनु भएको छ । अर्कोतर्फ यो वर्ष सुनको भाउ निरन्तर बढेको छ । उहाँले भन्नुभयो ‘जीवनमा महँगी झन् खराब हुँदै गएको छ ।
यस्तो अवस्थामा, पाउन्डमा भुक्तान गर्नुको कुनै अर्थ छैन, विशेष गरी जब यो प्रत्येक दिन बित्दै जान्छ। यो खुला घाउमा ब्यान्डरएड लगाउनु जस्तै हो।
बेलायतमा जीवनयापन लागत द्रुत गतिमा बढिरहेको छ र बेलायती रकम पाउन्ड हाल दुई वर्षको न्यून बिन्दुमा छ।
अहिले टेलिमोनीमा २० जनाभन्दा बढी काम गरिरहेका छन्। कम्पनीले आफ्ना वरिष्ठ कर्मचारीलाई सुनमा तलब दिन थालेको छ । कम्पनीले अब सबै कर्मचारीका लागि एउटै भुक्तानी प्रणाली लागू गर्न लागेको हो ।
सीईओ प्यारी आफैले पनि सुनमा तलब लिइरहनु भएको छ । तर, कम्पनीले कर्मचारीलाई पाउण्डमा तलब लिने अवसर पनि दिनेछ ।
बेलायतमा जीवनयापन लागत द्रुत गतिमा बढिरहेको छ र बेलायती रकम पाउन्ड हाल दुई वर्षको न्यून बिन्दुमा छ। बैंक अफ इङ्ल्यान्डले सन् २०२२ अर्थतन्त्रको लागि मन्दीको वर्ष हुन सक्ने चेतावनी समेत दिइ सकेको छ।