८ मंसिर, २०८१ शनिबार
09:46:56 AM
३ जेठ, २०७९
राष्ट्रपति भण्डारीले जेठ ७ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने
काठमाण्डौं । मंगलबार आजदेखि बजेट अधिवेशन सुरु हुने भएको छ । अपरान्ह ४ बजे बस्ने संसद बैठकले आमामी वर्ष २०७९/८० को बजेट छलफल सुरु गर्ने भएको हो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन आज मंगलबार ४ बजेलाई बोलाउनुभएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले मंगलबार संसदमा विनियोजन विधेयक र सिद्धान्तमाथि छलफल गर्न प्रस्ताव गर्नु हुनेछ । त्यसपछि संसदमा बजेट छलफल सुरु हुनेछ।
अर्थ मन्त्रालयले वैशाख २० गते नै विनियोजन विधेयकका सिद्दान्त र प्राथमिकताहरु संसदको दुवै सदनमा प्रस्तुत गर्ने योजना बनाएको थियो। तर संसद अधिवेशन आह्वान नहुँदा अहिलेसम्म सदनमा प्रस्तुत हुन सकेको छैन।
यस्तै राष्ट्रपति भण्डारीले जेठ ७ मा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ । जेठ १५ मा सरकारले आउँदो वर्षको विनियोजन विधेयक ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
संघीय संसद सचिवालयले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ ।
उक्त कार्यसूची अनुसार सरकारले जारी गरेका दुई अध्यादेश पेस गर्ने, विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गर्ने, अधिवेशन आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट पठाएको पत्र सुनाउने कार्य हुनेछ ।