८ मंसिर, २०८१ शनिबार
09:24:28 AM
२ जेठ, २०७९
महानगरपालिकाको पछिल्लो मतगणना अनुसार वडा नं। १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनानुसार उक्त मत परिणाम बाहिर आएको हो ।
वीरगञ्ज,
मधेस प्रदेशको एक मात्र महानगरपालिका पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनानुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले तीन हजार १४९ मतान्तरले अग्रतालाई निरन्तरता दिनुभएको छ ।
सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।
सिंहले पाँच हजार ७२६ मतसहित अग्रता कायम गर्नुभएको हो । नेकपा (एमाले)का उम्मेदवार विजयकुमार सरावगीले दुई हजार ५७७ मतसहित उहाँसँग प्रतिस्र्धामा हुनुहुन्छ ।
महानगरपालिकाको पछिल्लो मतगणना अनुसार वडा नं। १, २, ३, ३०, ३१ र ३२ को पछिल्लो मतगणनानुसार उक्त मत परिणाम बाहिर आएको हो । मतणना गर्न लामो समय लाग्ने भएका कारणले अन्तिम नतिजा आउन एक साता लाग्नेछ ।
महानगरपालिका नेतृत्वका लागि गठबन्धन बनाउँदा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) का बीच तालमेल बनाएर सिंहलाई उम्मेदवार बनाइएको छ ।
त्यस्तै नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच अर्को समूह बनाएर निवर्तमान प्रमुख सरावगीलाई उम्मेदवार बनाइएको हो ।
मतगणना स्थल थप
यसैबीच वीरगञ्ज महानगरपालिकाको जारी मतणनाअन्तर्गत मतगणनालाई चाँडो सम्पन्न गर्न सोमबार मतगणना स्थल र गणक थपिएको छ ।
वीरगञ्ज महानगरपालिकाको वडा नं १५ पिपरास्थित श्री नृसिंह माविमा वैशाख ३१ गतेदेखि चार वटा वडाको मात्र मतगणना भइरहेकोमा थप दुई वडाको गणना थालिएको हो ।
वीरगञ्ज महागरपालिकाको यस अगावै वडा नं १, २, ३१ र ३२ को मतगणना भएकोमा आज देखि थप वडा नं ३ र ३० को गणना थालिएको मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिनुभयो ।