२० माघ, २०८१ आइतबार
06:46:51 PM
२ जेठ, २०७९
यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले २ हजार ३७९ मत ल्याउनुभएको छ
चितवन,
भरतपुर महानगरपालिका प्रमुखको मतगणनामा रोमाञ्चक प्रतिष्पर्धा भइरहेको छ ।
सोमबार साँझको पछिल्लो परिणाम अनुसार १५ हजार १३१ मत गणना हुँदा रेनुले ५ हजार ६६ मत प्राप्त गर्दै अग्रता लिँदा विजय ५ हजार ५६ मतका साथमा हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाल र नेकपा एमालेका विजय सुवेदी बीच उछिनाउछिन चलिरहेको छ । साँझ सात बजेको परिणाम अनुसार १० मतले रेनु दाहाल अघि हुनुहुन्छ ।
पहिलो दिन विजय सुवेदीले लिड गर्नुभएकोमा त्यसको केही पछि रेनु दाहालले अग्रता लिनुभएको थियो । दोस्रो दिनमा विजय सुवेदीले दिनभर लिड गर्नुभएकोमा सोमबार आज फेरि रेणु दाहाले अग्रता लिनुभएको छ ।
सोमबार साँझको पछिल्लो परिणाम अनुसार १५ हजार १३१ मत गणना हुँदा रेनुले ५ हजार ६६ मत प्राप्त गर्दै अग्रता लिँदा विजय ५ हजार ५६ मतका साथमा हुनुहुन्छ । रेनु र विजयमा १० मतको फरक परेको छ ।
यस्तै कांग्रेसका बागी जगन्नाथ पौडेलले २ हजार ३७९ मत ल्याउनुभएको छ । त्यस्तै उपमेयर काँग्रेसका चित्रसेन अधिकारी ६०४३ र हिमला गुरुङ ४०४२ मत प्राप्त गरेका छन् ।