८ मंसिर, २०८१ शनिबार

09:35:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

संसद बैठक सौहार्दपूर्ण बनाउन सभामुखको अपिल, यसपालीको अधिवेशन बजेटमा केन्द्रित

Nepal Business

२ जेठ, २०७९

संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ ।

संसद बैठक सौहार्दपूर्ण बनाउन सभामुखको अपिल, यसपालीको अधिवेशन बजेटमा केन्द्रित

काठमाडौँ,
सभामुख अग्निप्रसाद सापकोटाले संसदको बजेट अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अपील गर्नुभएको छ ।

सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मंगलबार सौहार्दपूर्ण रुपमा सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको हो ।

सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुग्नुभएका सभामुख सापकोटाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै मंगलबार सौहार्दपूर्ण रुपमा सञ्चालन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको हो ।

कानूनमन्त्रीले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका उपनेता सुवास नेम्वाङसँग कुराकानी गरिरहेको पनि उहाँले बताउनुभयो । 

सभामुख सापकोटाले जेठ १५ गते अनिवार्य रुपमा बजेट ल्याउनुपर्ने भएकाले यस सम्बन्धमा राजनीतिक दलहरुका बिचमा समझदारी बन्ने विश्वास व्यक्त गरे ।

त्यसकारणले उहाँहरुले धेरै महत्वपूर्ण अधिवेशन हो । राष्ट्रको बजेट प्रस्तुत गर्ने, नीति तथा कार्यक्रम प्रस्तुत गर्ने, १५ गते अनिवार्य रुपमा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था हुनाले एउटा समझदारी बन्छ होला जस्तो मलाई लाग्छ । 

सभामुख सापकोटाले बजेट अधिवेशन मुल रुपमा बजेटमै केन्द्रीत हुने बताउनुभयो । सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिदैँ उनले धानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लागेको महाअभियोगको प्रस्तावमाथि बजेट पारित भइसकेपछि मात्रै छलफल हुने बताउनुभयो । 

संघीय संसदको बजेट अधिवेशन मंगलबार अपरान्ह ४ बजे बस्ने गरी आव्हान गरिएको छ ।