१३ मंसिर, २०८१ बिहिबार

05:24:48 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अमेरिका र इयुले संयुक्त रूपमा खाद्य चुनौतीको सम्बोधन गर्न सम्यन्त्र बनाउने

Nepal Business

२ जेठ, २०७९

 अमेरिका र इयुले संयुक्त रूपमा खाद्य चुनौतीको सम्बोधन गर्न सम्यन्त्र बनाउने

अमेरिका र इयुले संयुक्त रूपमा खाद्य चुनौतीको सम्बोधन गर्न सम्यन्त्र बनाउने भएको छ । 

युक्रेनमा जारी द्वन्द्वको बीचमा सम्भावित विश्वव्यापी खाद्य चुनौतीहरूको प्रतिक्रिया विकास गर्न संयुक्त राज्य अमेरिका र युरोपेली संघले व्यापार तथा प्रविधि परिषद् (टीटीसी) भित्र नीतिगत संवाद स्थापना गर्न लागेको अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको हो । 

संयुक्त राज्य अमेरिका, युरोपेली आयोग, र युरोपेली काउन्सिलद्वारा ट्रान्सएट्लान्टिक व्यापार र लगानी प्रवर्द्धन गर्न गत गृष्ममा स्थापित  युस–इयु टिटिसीले पेरिस, फ्रान्स नजिकैको सेगवे टेक्नोलोजी हबमा मे १५–१६ सम्म आफ्नो दोस्रो मन्त्रीस्तरीय बैठक गर्ने अमेरिकी प्रशासनका वरिष्ठ अधिकारीले जानकारी दिनुभएको हो । 

‘हामी ृयुस–इयु टिटिसीे ले युक्रेनमा रुसी आक्रमणका कारण उत्पन्न भएको विश्वव्यापी खाद्य सुरक्षा चुनौतीहरूको प्रतिक्रिया विकास गर्ने उद्देश्यले नीतिगत संवाद स्थापना गर्दैछौँ’, अधिकारीले भन्नुभयो । 

रासस