८ मंसिर, २०८१ शनिबार
09:18:47 AM
२ जेठ, २०७९
रोल्पा । रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रका शुकबहादुर बुढामगर विजयी हुनुभएको छ । बुढामगरले तीन हजार ३११ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।
उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विश्वकुमार चन्दले तीन हजार १३१ मत प्राप्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्रीनी तीन हजार ३८७ मत प्राप्त गरी विजयी हुनुभएको छ