८ मंसिर, २०८१ शनिबार
09:39:36 AM
२ जेठ, २०७९
बालेनले ६ हजार ६ सय ९२ मत पाउँदा स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त
काठमाण्डौं । काठमाण्डौँ महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कामै रहेको छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँग बालेन ३ हजार १३० मतले अगाडी हुनुनहुन्छ ।
यो समाचार तयार पार्दासम्म बालेनले ६ हजार ६ सय ९२ मत पाउँदा स्थापितले ३ हजार ५ सय ६२ मत प्राप्त गर्नुभएको छ । यो नतिजा १, २, ३, ४, ५, ६, ३१ र ३२ वडाको हो ।
यस्तै नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार १ सय २६ मत प्राप्त गर्नुभएको छ । स्थापित र सिंहबीच ४३६ मतको अन्तर रहेको छ।