२४ बैशाख, २०८१ सोमबार

11:57:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा नै अवरुद्ध

Nepal Business

१५ पुस, २०७८

हिमपातका कारण टेलिफोन र इन्टरनेट सेवा नै अवरुद्ध

काठमाडौँ, १५ पुस । दुई दिनदेखिको वर्षा र हिमपातका कारण म्याग्दीको धवलागिरि गाउँपालिका १ गुर्जामा टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध बनेको छ । 
मंगलबार रातिदेखि लगातार परेको हिमपातकाकारण  टेलिफोन तथा इन्टरनेट सेवा अवरुद्ध भएको हो । त्यसैगरी  धौगागिरि  ४ मुदीको सिंकोस कगर क्षेत्रमा भएको हिमपातले जनजीवन प्रभावित भएको छ ।  जमिन पुरै ढाकिएको र रुखहरुसमेत हिउँले सेताम्मे बनेको स्थानीयले बताएका छन् । 

हिउँ परेपछि कृषक खुसी भए पनि पशुपालन गर्ने किसान भने घाँसपातको बन्दोबस्त मिलाउन नसकेर समस्यामा परेको छन ।  भारी हिमपात भएकोले हिँडने बाटो पनि हिउँले पुरिएको छ । गाउँ आसपासमा  आवतजावत गर्ने पदैलर्मागहिउँद छोपेकाले गाउँको जनजीवन कष्टकर बनेको हो । 
चिसो र हिमपातले बालबालिका वृद्धवृद्धालाई मुस्किल भएको छ । गाउँपालिकाको वडा नं १ गुर्जा र वडा नं ३ लुलाङको सिमाना पर्ने देउराली आसपासमा  हिमपात भएपछि आवतजावत समेत  रोकिएको छ । गूर्जामा  चार फिटसम्म हिउँ जमेको छ ।